पर्वत, कार्तिक २५–पर्वतका हरेक घरमा बिजुली, हरेक गाउँमा सडक, ग्रामिण उपस्वास्थ्य चौकीको स्तरोन्नती, पूर्वाधार निर्माण, गाउँगाउँमा सिंचाईका योजना निर्माण, ९३ प्रतिशत घरमा खानेपानी पु¥याउन सफल नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले बोलेपछि पुरा गरेरै छाड्ने गरेका छन् । त्यसैले ग्रामिण भेगसम्म उनले गर्छु भनेको कुरा पुरा गरेरै छाड्ने भएका कारण पर्वतका युवादेखि बृद्धसम्मले अर्जुनप्रसाद जोशीको विकल्प नभएको भन्न थालेका छन् । पर्वतको विकासका लागि अर्जुनप्रसाद जोशीले जित्नैपर्ने भन्दै उनीहरुले काम गर्नेलाई नै भोट दिने बताएका छन् । मोदी गाउँपालिका वडा नम्बर ७ राम्जादेउरालीका बिरबहादुर गुरुङ ८० बर्षिय भए । लामो समय राप्रपामा रहेर राजनीति गरेका उनले कम्युनिष्टले सधै विकासको नाममा ढाटीरहेको तर अर्जुन जोशीले बोलेपछि त्यो पुरा गरेरै छाडेको बताए । ‘८० बर्षिय बुढाले झुट बोल्दैबोल्दैन, यहाँ आएर गणेश तिमिल्सिना, बिजय गुरुङ, पदम गिरी आएर ठुला–ठुला कुरा गरे तर अहिलेसम्म केही पुरा गरेका छैनन’ उनले भने–‘अर्जुन जोशीले जे जे गर्छु भनेको छ, पुरा गरेरै छाडेको छ ।’ उनले पर्वतका जनताले आत्मघाती काम नगर्ने भन्दै उनले विगतमा भोट हाल्दा हलो नछाडेको भएपनि यसपटक खुशीले रुख चिन्हमा मत खसाल्ने बताए । राम्जादेउरालीमा एमालेका थुप्रै नेता भएपनि मोटरबाटो, बिजुली, खानेपानी, बिद्यालयका भवन नेपाली काँग्रेसले नै ल्याएको उनले बताए । ‘काँग्रेस र कम्युनिष्टमा दुईटा फरक छन, काँग्रेस काम गर्छ, कम्युनिष्ट काम गर्दै झुट मात्रै बोल्छ’ उनले भने । अर्जुनप्रसाद जोशी र नवराज गुरुङसँग अन्य कुनैपनि उम्मेदवारको तुलना हुननसक्ने भन्दै उनले पर्वतको विकास र उज्ज्वल भविष्यका लागि दुबै जनाले जित्नुपर्ने बताए ।