
पर्वत, कार्तिक ७ – पर्वत जिल्लाको ग्रामिण बस्तीसम्म सडक सञ्जाल बिस्तार, बिद्युतिकरण, खानेपानी, सिंचाई, पूर्वाधार तथा स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि गरेको सक्रियताप्रति नेपाली काँग्रेसका नेता एवम् निबर्तमान सांसद अर्जुनप्रसाद जोशी चर्चित छन् नै ।
आफु पर्वत–१ बाट ०५६ साल यता तीन पटक निरन्तर निर्वाचित भएपनि उनले पर्वत–१ लाई मात्रै होइन, पर्वत–२ का जनताको प्रमुख समस्या समाधान गर्न तथा विकास निर्माणका योजना दिन कुनै कञ्जुस्याई गरेनन् । त्यतिमात्रै होइन जोशीले पर्वत–२ बाट निर्वाचित भएका विकास लम्सालको गाउँटोलमा समेत धमाधम योजना दिए । लम्सालले आफ्नै जन्मेको ठाउँमा बेवास्ता गरेपनि अर्जुन जोशीले धमाधम खानीगाउँसहित फलेबास क्षेत्रमा योजना पु¥याए ।
विगतमा लालकिल्ला बनाएको खानीगाउँमा अर्जुन जोशीले धमाधम योजना दिनथालेपछि त्यहाँका अधिकांश स्थानीयले नेपाली काँग्रेसप्रति सहानुभूति प्रकट गर्न थालेका छन् । ०७० सालमा पर्वत–२ बाट निर्वाचित भएका सांसद लम्सालको गाउँ हो खानीगाउँ । खानीगाउँमा लामो समयदेखि उपस्वास्थ्य चौकी रहेको गुनासो आएपछि काँग्रेस नेता अर्जुनप्रसाद जोशीले नै खानीगाउँ उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती गराए ।
मन्त्रालयमा अड्डी लिएरै भएपनि जिल्लाका अधिकांश उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती गराउन सफल भएका उनै जोशीले कार्कीनेटा–थापाठाना–शंकरपोखरी हुदै फलेबास पुग्ने सडकलाई बजेट बिनियोजन गराउन सफल भए । जोशीकै प्रयत्नले क्षेत्रीय सडकमा परेको यो सडकमा तीनबर्षदेखि निरन्तर बजेट आउने क्रम जारी छ । त्यसैगरी काँग्रेस नेता जोशीले देबिस्थान राहाले सेवा केन्द्र–टुटुंगा सडकमा ६० लाख रुपैयाँ बजेट बिनियोजन गराइदिए ।
त्यतिमात्र होइन जोशीले लम्सालको गाउँ खानीगाउँमा चालु आर्थिक बर्ष ०७४÷०७५ मा १० वटा बिपन्न दलित परिवारलाई घर निर्माणका लागि योजना पारिदिएका छन् । जोशीले जनता आवास कार्यक्रम अन्र्तगत हालै खानीगाउँका १० बिपन्न परिवारका लागि घर निर्माण गर्न योजना पारेका हुन ।
त्यसो त जोशीले आफु क्षेत्र नम्बर १ बाट निर्वाचित भएपनि क्षेत्र नम्बर १ का हरेक बस्तीमा हरेक बर्ष त्यहाँको अत्यावश्यक समस्या अन्र्तगत बजेट पार्न सफल त छन् नै पर्वत–२ का साविकका हरेक गाविसमा बर्षमा कुनै न कुनै योजना भित्राएर लोकप्रिय र विकासबादी नेताको छवि बनाएका छन् ।
जनताले सोचेअनुरुप र जनताको पिरमर्का बुझ्ने खालको नेता नपाएका पर्वत–२ का जनताले काँग्रेस नेता अर्जुनप्रसाद जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेमा उसैको पक्षमा लाग्ने र पर्वत–२ को विकासले चकत्कार लिने विश्वासमा परेको बताउने गरेका छन् ।


