spot_img

पर्वत उद्योग बाणिज्य संघको कार्यालयबाट रसिदका ठेली नै गायब, प्रशासनमा उजुरी

पर्वत, कार्तिक ७–पर्वत उद्योग बाणिज्य संघको रसिदका ठेली नै बेपत्ता पारिएको भन्दै एकपक्षले बिरोध गरेको छ । संघको सदस्य नविकरण गर्ने समयसिमा सकिएपछि कार्यालयबाटै रसिदका ठेली घरघरमा पु¥याएको भन्दै बिरोध भएको हो । अध्यक्ष हरिओम शर्मा र महासचिव ठाकुर बि पौडेलले म्याद सकिएपछि पनि आफ्ना मान्छेको नविकरण गर्नका लागि कार्यालयबाटै रसिदका ठेली गायब पारेको आरोप उपाध्यक्ष शिव शर्मा पौडेल पक्षले लगाएको छ ।
‘पर्वत उद्योग बाणिज्य संघको नविकरण गर्ने समय असोज मसान्तसम्म हो, कार्तिक १ गते कार्यालयमा गएर हेर्दा छ ठेली रसिद नै भेटिएन’ पौडेलले भने । उनले कार्तिक १ गते अध्यक्ष र महासचिवलाई कुरा गर्दा महासचिवको दराजमा रहेको जानकारी गराएपछि महासचिवको दराजमा थप अर्को ताला लगाएको बताए ।
‘महासचिवले आफ्नो दराजमा रसिद रहेको र आफु काठमाडौ भएको बताएपछि हामीले महासचिवको दराजमा अर्को ताला लगाएका थियौ’ पौडेलले भने–‘महासचिव आएर दराजमा ताला खोल्दा त्यो दराजमै रसिद भेटिएन ।’ उनले संघको आगामी फागुनमा हुने निर्वाचनलाई प्रभावित पार्न समयसिमा सकिएपछि पनि संघका रसिदहरु घरघरमा पु¥याएर गैरकानुनी काम गरेको आरोप लगाए ।
‘जिम्मेबारीमा बसेर जे पनि गर्ने भन्ने मानसिकता देखियो’ उनले भने । पौडेलसहित संघका केही कार्यसमिति सदस्यले पर्वत उद्योग बाणिज्य संघमा कार्यालयका रसिद घरघरमा लगेर राखिएको र अबैध गतिविधि गरेको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
रसिद नम्बर १ देखि एक सय ५० सम्मको रसिदमा एउटा खाली छोडिएको र एक सय ५१ देखि एक हजार चार सय ४७ नम्बरभित्रका छ ठेली रसिद गायब बनाएको उनले जानकारी दिए । पर्वत उद्योग बाणिज्य संघको बर्तमान कार्य समितिको पदावलि आगामी फागुनमा सकिदैछ । संघको निर्वाचन नजिकिदै जादा पर्वत उद्योग बाणिज्य संघमा आबद्ध ब्यापारीहरुबिच सदस्यता नविकरणको बिषयमा विवाद सुरु भएको छ ।
संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बिधान नपढी संस्थालाई बदनाम गराउन खोजिएको बताए । उनले रसिद बाहिर कसैले नलगी कार्यालयमै रहेको दाबी गरे । ‘सबै रसिदका ठेली कार्यालयमै छन, गएर हेर्न सक्नुहुन्छ’ लामिछानेले भने–‘बिधानबिपरित गएर त्यस्तो केही गरेका छैनौ ।’

 

spot_img

भर्खरै