spot_img

गाउँपालिकाको वडामा पुग्यो इन्टरनेट


पर्वत, असोज २५–यहाँका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा सुरु गरी प्रविधियुक्त बनाएका छन् । बिहादी र महाशिला गाउँपालिकाले वडा–वडामा पहिलो पटक नेट जडान गरेका हुन । गाउँपालिकाले हरेक वडालाई कार्यालय प्रविधियुक्त बनाउन बजेट बिनियोजन गरेको ती वडाले जनाएका छन् । अहिले इन्टरनेट जडान गरिएका कतिपय वडामा अहिलेसम्म इन्टरनेटसमेत पुग्न सकेको थिएन् ।
बिहादी गाउँपालिकाले छ वटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको अध्यक्ष कमल भुसालले जानकारी दिए । उनले हरेक वडामा चार लाख ५० हजार रुपैयाँको दरले बजेट बिनियोजन गरेर प्रविधियुक्त बनाइएको बताए । ‘अबको युग भनेको सञ्चारको विकासलाई बढिभन्दा बढी उपयोग गर्ने हो, त्यसैले पनि अहिले वडा–वडा प्रविधियुक्त बनाइएको छ’ अध्यक्ष भुसालले भने ।
वडामा इन्टरनेट जडान गरेपछि गाउँपालिकादेखि मन्त्रालयसम्मका चिठी, परिपत्र पाउन, वेबसाइडहरुका सुचना वडाबाटै तत्काल पाउन सकिएको उनले बताए । ‘अब वडामा हामीले तत्काल नीति, निर्देशन, जानकारीलगायतका चिठीपत्र इमेलबाटै पठाउन सक्ने भएका छौ’ उनले भने । इन्टरनेट भएपछि सबै सुचना लिन वडालाई निकै सजिलो भएको उनले जानकारी दिए ।
उता महाशिला गाउँपालिकाले पनि इन्टरनेटलाई बिस्तार गरेर वडा–वडामा पु¥याएको छ । गाउँपालिकाले एकमुष्ठ उपकरण खरिद गरी सवै वडामा इन्टरसेवा विस्तार गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार सवै वडामा प्रविधियुक्त वाइम्याक्स सहितको इन्टरनेट सेवा जडान गरिएको छ । आधुनिक प्रविधिको मागलाई सहजता तुल्याउनका लागि महाशिला गाउँपालिकाले छ वटै वडामा कम्युटर सहितको इन्टरनेट सेवा जडान गरेको हो ।
महाशिलाले हरेक वडामा एक लाख ५० हजार रुपैयाँ खर्च गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । साविकका गाविस कार्यालय नै वडा कार्यालय भएकोमा भौतिक पूर्वाधारमा वडामा निकै समस्या छ । त्यसलाई सेवा प्रवाहमा सहज ल्याउनेगरी पहिलो पटक सुचना आवतजावत गर्नका लागि प्राथमिकता दिएर वडा कार्यालयलाई प्रविधियुक्त बनाएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।
उनले गाउँपालिकाले पत्राचार गर्ने सवै विषय अव इमेलमार्फत वडा कार्यलयमा उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । सबै वडा कार्यालयमा इन्टरनेट जडान गरेका यी दुई गाउँपालिकाले छिट्टै ब्यक्तिगत घटना दर्तापनि अनलाइनमार्फत गर्ने तयारी गरेका छन् । ‘सफ्टवेयरमार्फत घटनादर्ता अनलाइनमार्फत गर्ने तयारी गरेका छौ’ पौडेलले भने–‘यसले हरेक सर्बसाधारणलाई निकै सहज हुनेछ ।’

spot_img

भर्खरै