कान्दाहार – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन्। प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले शुक्रबार सो जानकारी दिएका छन्। कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा शुक्रबार बिहान सबेरै सीमा प्रहरी बलले गरेको यस कारबाही एम्बुसमार्फत गरिएको थियो।
यस कारबाहीमा १२ तालिवान आतंककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका रजाकले जानकारी दिए। यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ। यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।