spot_img

पत्रकार घायल राष्ट्रपतिद्वारा सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कारबाट सम्मानित


पर्वत, असोज ६– विगत १८ बर्षदेखि पत्रकारितामा सक्रिय रहदै आएका पर्वतका पत्रकार ओमप्रसाद घायल प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस काउन्सिल नेपालको ४८ औ स्थापना दिवसका अवसरमा उनलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
राष्ट्रपति कार्यालय शितल निवासमा आज (शुक्रबार) आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले नगदसहित सम्मानपत्र प्रदान गरिन् । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । नेपाल पत्रकार महासंघ पर्वतका पूर्वअध्यक्ष घायल नेपाल प्रेस युनियन पर्वतका संस्थापक, नेपाल लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका केन्द्रीय उपाध्यक्ष हुन ।
उनी रेडियो शालिग्रामको स्टेशन म्यानेजर र मोदीकाली साप्ताहिकको सम्पादक÷प्रकाशक रहेका छन् । बागलुङको पैंयुपाटामा जन्मेका घायलले यसअघि पत्रकार तथा साहित्यसँग सम्बद्ध आधादर्जनबढी पुरस्कार पाइसकेका छन् । उनी पत्रकारितासँगै समसामयिक लेख, कथा, कविता, निबन्ध, गजल लगायतमा कलम चलाउदै आएका छन् ।
यसैगरी प्रेस काउन्सिल नेपालले बागलुङका महिला पत्रकार कोपिला कँडेललाई पनि प्रेस काउन्सिल पत्रकारिता पुरस्कार प्रदान गरेको छ । उता यो बर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कार पत्रकार बालकृष्ण चापागाईलाई प्रदान गरिएको छ । दुबै पुरस्कारको राशी नगद एक लाख पाँच हजार रुपैयाँ रहेको छ ।

spot_img

भर्खरै