पर्वत, असोज १–आर्थिक अभावले उपचारबाट बञ्चित भएकी यहाँकी एक स्कुले बालिकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले सहयोग गर्ने भएका छन् । १० हजार नपाउदा उपचार नपाएको जानकारी पाएपछि जोशीले १० हजार प्रदान गर्ने भएका हुन । ‘१० हजार रुपैयाँ उपलब्ध गराइहाल्छु, आवश्यक परे अन्य सहयोग गर्न तयार छु’ सांसद जोशीले भने ।
पर्वतको कुश्मा स्थित शिवालय माविमा पढ्ने लैला खातुनको उपचारको लागि समस्या भएको सार्वजनिक भएपछि जोशीले यस्तो प्रतिबद्धता जनाएका हुन । लैलाको पित्त र मृगौलामा पत्थरी भएको छ । उपचारका लागि अस्पताल पु¥याउँदा शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि १० हजार रुपैयाँ पहिले नै बुझाउनुपर्ने अस्पतालले बताएपछि उनको उपचार रोकिएको छ ।
‘अस्पताल लैजादा अप्रेसन गर्नुपर्ने डाक्टरले बताए, त्यसका लागि १० हजार पहिले नै बुझाउनुपर्ने रहेछ’ लैलाका बुवा अवदुल रहमानले भने–‘आफुसँग त्यो पैसा नभएपछि उपचार नै रोकिएको छ । आर्थिक अवस्था निकै कमजोर रहेको यो मुस्लिम परिवारले १० हजार समेत जुटाउन नपाएर छटपटिएको हो । यसैगरी लैलाको उपचारका लागि कुश्मा घर भई स्वीसमा बस्दै आएका बिजय शमा दर्पणले १० हजार र हेमन मल्लले १० हजार सहयोग गर्ने भएका छन् ।