spot_img

बिदेश छाडेर तरकारीमा लगानी गरेका युवालाई मालामाल

पर्वत, असोज १–मोदी गाउँपालिका–५ बाजुङ भुमका कृष्णबहादुर सुवेदी ०५८ सालमा बौदेशिक रोजगारमा हनिए । बिदेशमा गएपछि राम्रो कमाइ हुने आशामा कतार पुगेका उनले निकै कष्ट ब्यहोरे । एक लाख लगानी गरेर गएका उनलाई त्यही रकम उठाउन मुस्किल भयो । अन्य सपना हराए ।
बिदेशमा यस्तो दुःख खप्नुभन्दा गाउँमा आठ घण्टा काम गर्नसके बिदेशको कमाई स्वदेशमै गर्न सकिने सोच बनाएर घर फर्के । केही बर्ष गाउँमै कुखुरा पालन गरे । कुखुरापालनबाट कमाई थियो नै ०७१ मंसिरमा आम्बोटमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गरेका सुवेदीले अहिले मासिक एक लाख कमाई गर्न थालेका छन् । ‘मेहनत गर्न सके गाउँमै कमाउन सकिने उत्साह ल्याएको छ’ सुवेदीले भने–‘घरपरिवारसँग बसेर काम गर्दाको मज्जा छुट्टै छ ।’
२२ वटा टनेलमार्फत मौसमी र बेमौमसी तरकारी खेती गरेका सुवेदीले अहिलेसम्म २७ लाख लगानी गरेका छन् । ‘अहिलेसम्म भौतिक संरचनामै लगानी गरे, अब बल्ल कमाई हुन सुरु गरेको छ’ उनले भने । टमाटर, सिमी, बोडी, घिरौला, करेला, खुर्सानी, भेण्डी, लौका, काक्रो, साग, बन्दा, काउली, ब्रोकाउली, मुला, गाजर उत्पादन गर्दै आएका सुवेदीले अहिले मासिक रुपमा खर्च कटाएर एक लाख कमाई हुन थालेको बताए ।
भदौ महिना सुरु भएपछि उनले पाँच क्वीन्टल टमाटर, तीन क्वीन्टल सिमी, डेढ क्वीन्टल भेण्डी, दुई क्वीन्टल घिरौला, तीन क्वीन्टल करेला विक्री गरीसकेका छन् । भदौ महिनामा मात्रै अब २५ क्वीन्टल टमाटर, दुई क्वीन्टल सिमी र बोडी, भेण्डी, घिरौला, करेल  गरी आठ क्वीन्टल बढी बिक्री हुने सुवेदीले जानकारी दिए । ‘भदौ महिनामा थप आम्दानी हुने अपेक्षा छ’ उनले भने ।
आफ्नो लगानीमा काम गर्दा कसैको गाली र मानसिक पीडा सहनुनपरेको भन्दै समयमै कृषि फर्म स्थापना गरेर काम गरेकोमा खुशी ब्यक्त गरे । ‘आफ्नो लगानीमा काम गर्दा कसैको हप्की खानु परेको छैन’ उनले भने–‘आफ्नै गाउँमा लगानी गरेर कमाउदा मन सन्तुष्ट भएको छ ।’ उनले आफु बौदेशिक रोजगारमा गएर फर्केपछि बहकाउमा लागेर गएको भन्दै पश्चताप गर्ने गरेका छन् । ‘काम गर्न सके घरमै कमाउन सकिने धेरै सम्भावना रहेछन्, मुख्य कुरा जाँगर हुनुप¥यो, मेहनत गर्नुप¥यो’ सुवेदीले भने ।
सुवेदीले उत्पादन गरेको तरकारी बिक्री गर्न आम्बोटमा पसल स्थापना गरेका छन् । पोखरा–बागलुङ राजमार्गसँगै जोडिएका कारण त्यहा बिक्री नभएको तरकारी कुश्मा, पातिचौर, डिमुवा र पोखरासम्म पुग्ने गरेको छ । तरकारी फार्मसँगै दुई वटा जलबिद्युत आयोजना निर्माणाधिन भएका कारण पनि अधिकांश तरकारी त्यही खपत हुने गरेको छ ।
कृषि फर्मलाई कृषि विकास मन्त्रालय अन्र्तगत ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाले निर्वाहमुखी खेती प्रणालीलाई ब्यवसायीकमुखी बनाउन सहयोग गरेको भन्दै गत आर्थिक बर्ष १० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।
सुवेदीले तरकारीसँगै सुन्तला खेतीमा समेत लगानी गरेका छन् । गाउँमा बाँझो रहेको जमिनलाई सदुपयोग गर्दै एक सय वोट सुन्तला रोपेका छन् । ‘५० वटा बोटले फल दिन थालेका छन’ उनले भने ।

spot_img

भर्खरै