spot_img

पर्वतमा जडान गरिएका सिसि क्यामरा बिग्रीयो, तर मर्मत भएन ?

पर्वत, भदौ २४ –कुश्मा बजारमा जडान गरिएका सिसि क्यामरा विग्रिएर काम गर्न छोडेका छन् । बजार क्षेत्रमा जडान गरिएका २५ वटा सिसी क्यामरा मध्ये १३ वटा सिसी क्यामरा विग्रिएर काम गर्न छोडेका हुन् ।

बजारमा हुन सक्ने चोरीका घटनाहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले  दुई बर्ष अघि कुश्मा बजारमा सिसि क्यामरा जडान गरिएको थियो । निजि क्षेत्रको लगानीमा जडान गरिएका सिसि क्यामराहरुको रेखदेख र व्यवस्थापन नहुँदा विग्रिएका हुन् । कुश्माको प्रगती चोक, बान्दे्रवेणी चौर लगायतका स्थानमा जडान गरिएका सिसि क्यामेराले काम गर्न छोडेको प्रहरीले जनाएको छ ।

सिसि क्यामरा जडान गर्ने तर त्यसको रेखदेख एंव व्यवस्थापनमा सम्वन्धित निकायले चासो नदिँदा काम गर्न छोडेको स्थानियवासीको भनाई छ ।  सिसि क्यामरा जडान भएपछि बढ्दो अपराधका घटना नियन्त्रण गर्न केही सहज भएको थियो । नगरको सुरक्षाका लागि २४ सै घण्टा क्यामराको निगरानी रहेको थियो । प्रहरी नियन्त्रण कक्षमै दृश्य हेरेर नगरको गतिविधीलाई प्रहरीले निगरानी गदै आएको थियो । तर, सिसि क्यामराहरु धमाधम विग्रिन थालेपछि अहिले प्रहरीलाई समेत समस्या भएको छ । अर्कोतिर सडकमा सडक बत्ती तथा सोलार नहुँदा जडान गरिएका क्यामराहरु रातको समयमा प्रयोग विहिन जस्तै भएका छन् ।

नागरिकहरुलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले जडान गरिएका सिसी क्यामरा रातको समयमा काम नलाग्ने भएपछि नागरिकहरुले असुरक्षाको महासुस गरेका छन् ।  सडकमा सडक बत्ती तथा सोलार नहुँदा प्रहरीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले बताउनु भयो । रातको समयमा सिसि क्यामरामा केही दृश्य देखिदैन लामिछानेले भन्नुभयो,‘यसको मर्मत तथा व्यवस्थापनमा सम्वन्धित निकायले चासो दिनु जरुरी छ’ । जिल्लामा जडान भएका सिसि क्यामराहरुले काम गर्न छाडेको महिनौ हुँदा त्यसलाई सुचारु गराउन कुनै निकायले चासो देखाएको छैन ।

त्यस्तै जिल्लाको वरिबेनी र डिमुवामा जडान गरिएका सिसि क्यामराहरुले पनि दिनको समयमा काम गरेपनि रातको समस्यामा उज्यालोको अभावले समस्या भएको प्रहरीको भनाई छ

spot_img

भर्खरै