spot_img

स्वाइलफ्लुप्रति उच्च सतर्कता

पर्वत, साउन २९–स्याङजा र पाल्पामा इन्फलुएन्जा ए भाइरस एनवान एनवान (स्वाइनफ्लु)ले मृत्यु भएपछि यहाँ सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले जिल्लामा यसको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाएका हुन । सरोकारवाला निकायले स्वाइनफलु रोग, सर्नसक्ने सम्भावना, ध्यानदिनुपर्ने कुरा र लक्षणका विषयमा जनचेतना सुरु गरेका छन् ।
जिल्ला स्वास्थ्य प्रमुख डा.बुद्धिबहादुर थापाले छिमेकी जिल्लामा स्वाइनफ्लु भेटिएपछि पर्वत जिल्लामा भित्रिन नदिन उच्च सतर्कता अपनाएको बताए । ‘रोगका लक्षण, सर्नसक्ने सम्भावना, ध्यानदिनुपर्ने कुराका बिषयमा सर्बसाधारणलाई जानकारी दिने अभियान चलाएका छौ’ थापाले भने । उनले स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सचेतना कार्यक्रम सुरु गरेको जानकारी दिए ।
पर्वतका कुश्मा नगरपालिका, फलेबास नगरपालिका, पैंयूँ गाउँपालिका, बिहादी गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिका गरी सात वटै तहसँग समन्वय गरेर सचेतना सुरु गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले स्थानीय सञ्चारमाध्यममार्फत पनि प्रचारप्रसार तिब्र पारेको छ ।
‘सबै सर्बसाधारणलाई स्वाइनफ्लुका बारेमा जानकारी गराउनु मुल उद्देशय हो’ थापाले भने । स्याङ्जाको वालिङमा स्वाइनफ्लुका कारण मान्छेको ज्यान गएपछि पर्वतको दक्षिण भेगमा बढी सतर्कता अपनाइएको छ । वालिङ पर्वतको दक्षिण भेग छिर्ने प्रमुख नाका हो । आवतजावत गर्दा विशेष ध्यान पु¥याउन आग्रह गरिएको छ ।

spot_img

भर्खरै