spot_img

राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री

जनकपुर,  साउन २०  –प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तय भएको प्रदेश नम्बर १ को चुनाव नसर्ने बताएका छन् । यद्यपि, राजपालाई चुनावमा ल्याउन सरकारले प्रयास गरिरहेको उनको भनाइ छ ।

जनकपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । तर, संविधान संशोधनका लागि आवश्यक दुई तिहाई नपुगेकाले अप्ठ्यारो भएको उनले बताए ।

राजपालाई निर्वाचनमा ल्याउन कुराकानी भइरहेको उनले बताए । राजपालाई सहमतिमा ल्याएर नै चुनाव गर्ने प्रयास हुने तर, नआएपछि असोज २ को चुनाव नरोकिने उनले बताए । देउवाले असोज २ को चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

spot_img

भर्खरै