पर्वत, साउन १७–गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी दुई वर्षे कार्यकालको लागि पर्वतका सन्तोष जोशी ९सुवास०ले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । विगत १७ बर्षदेखि बेल्जियमलाई कर्मथलो बनाउदै आएका जोशीले यसअघि गैरआवासीय नेपाली संघ बेल्जियमको महासचिव भएर काम गरिसकेका छन् । उनी २००६ देखि सन २००८ सम्म महासचिव थिए ।
नेपाली जनसम्पर्क समितिको अध्यक्ष भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका उनले बेल्जियममा रहेका नेपालीलाई भैपरी आईपर्ने समस्या समाधानमा पहल गर्ने, नेपाल र नेपालीको कला, संस्कृतिलाई प्रवासमा चिनाउँदै नेपालको पर्यटन प्रबर्द्धन गर्ने लगायतका योजना सुनाएका छन् । ‘एउटा स्पष्ट योजना बनाएर मात्रै उम्मेदवारी घोषणा गरेको छु’ जोशीले भने । दुई हजार छ सय भन्दा बढी साधारण सदस्य रहेको एनआरएन बेल्जियमको आगामी अधिवेशन १३ अगष्टमा घोषणा हुदैछ । कुश्मा नगरपालिका वडा नम्बर ४ मा जन्मेका जोशी लामो समयदेखि बेल्जियममा बस्दै आएका छन् ।