पर्वत, असार २७–आज जुन ११ तारिख अर्थात ३० औ विश्व जनसंख्या दिवस । दिवसका अवसरमा पर्वतमा बिद्यार्थीलाई चेतनामुलक कार्यक्रम गरी मनाइएको हो । सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस मनाइदैँ आएको छ ।
दिवसका अवसरमा शिवालय माविका कक्षा–१० का बिद्यार्थीलाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय पर्वतका जनस्वास्थ्य अधिकृत सजिना मर्हजन, जिल्ला जनसंख्या समन्वय समिति पर्वतका सदस्य एवम शिवालय माविका शिक्षकद्धय लेखनाथ उपाध्याय, राजेन्द्र पहाडी, स्वास्थ्य कार्यलय पर्वतका बरिष्ठ अहेव यामप्रसाद शर्मालगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले प्रशिक्षण कार्यक्रमवाट सिकेका कुरालाई विद्यार्थीले आफ्नो घरपरिवार हुदै समाजमा प्रवाह गरी जनसंख्या व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले २१ औं शताव्दीमा जनसंख्या व्यस्थापन हुन नसक्नुमा दुःख व्यक्त गरे । उनले यस्तो कार्यक्रमको माध्यमवाट बिद्यार्थीले थप ज्ञान प्राप्त गरी जनसंख्या व्यवस्थावनमा टेवा पुग्नेमा जोड दिए । जिशिअ पौडेलको अध्यक्षतामा भएको थियो ।


