पर्वत, असार ७–लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतले आफु नेपाल सरकारको नीतिनियमअनुसार दर्ता भई गैरसरकारी संस्थाहरुको साझा संस्था भएकोले भ्रममा नपर्न आग्रह गरेको छ । महासंघले आज एक बिज्ञप्ती प्रकाशित गरी लोकतान्त्रिक गैरसरकारी संस्थाप्रति भ्रममा पार्ने गतिविधि देखिएको भन्दै कोहीपनि भ्रममा नपर्न आग्रह गरेको हो ।
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्री र सचिव उत्तमप्रसाद अधिकारीद्दारा हस्ताक्षरित बिज्ञप्तीमा लोकतान्त्रिक गैसस समाहित भयो भनेर कुप्रचार गरिएको भन्दै आपत्ति जनाइएको छ ।
पर्वतमा रहेका लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ र गैरसरकारी संस्था महासंघ गरी दुई वटा गैरसरकारी संस्था महासंघले आ–आफु नै आधिकारिक रुपमा साझा महासंघ भएको दाबी गर्दै आएका छन् ।