काठमाडौं, जेठ १९ –कुनै बेला भारतको ‘एन्टी’ का रुपमा रहेको नेकपा एमाले अहिले सबैभन्दा नजिक देखिएको छ । भारतकै इशारामा एमाले देशमा राजनीतिक सक्रियता देखाइरहेको छ ।
पहिलो प्रधानमन्त्रीको राजीनामा रोक्ने प्रयास
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मात्रै देशबासीका नाममा सम्बोधन गरेर राजीनामा दिएका छन् । उनले नेपाली कांग्रेससंग भएको पूर्वसहमतिअनुसार नै नैतिकताका आधारमा राजीनामा दिएका हुन् । तर, उनको राजीनामा रोक्न भारत र भारतकै इशासामा एमालेले सक्दो प्रयास गरेको खुलासा भएको छ ।
सुरुमा भारत आफैले प्रधामन्त्री प्रचण्डलाई राजीनामा रोक्न सुझाएपनि प्रधानमन्त्रीले त्यसको कुनै वास्ता नै गरेनन् । भारतले भनेको प्रचण्डले नमानेपछि एमाले मार्फत प्रधानमन्त्रीको राजीनामा रोक्न अह्राएको यियो ।
सोहीअनुसार प्रधामन्त्री प्रचण्डको राजीनामा रोक्न एमालेले संसद अवरुद्ध पारेको थियो । ९ गते संसदमा देशबासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका प्रचण्डले एमालेकै अवरोधका कारण त्यो दिन राजीनामा दिन सकेनन् । त्यसको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले सिंहदरबारबाटै देशबासीका नाममा सम्बोधन गरेर राजीनामा दिए ।
प्रचण्डमाथि भारतको चर्काे दवाव
प्रचण्डको राजीनामा रोक्न भारतले सकेसम्म प्रयास गरेको थियो । जसले गर्दा प्रचण्डमाथि निकै दवाव परेको थियो । तर, प्रचण्ड हलचल भएनन् । आईतवार, सोमबार, मंगलबार गरी तीन दिनमा आठ पटक राजदूत पुरी, ‘रअ’ प्रमुख र प्रचण्डबीच वार्ता भएको थियो ।
वार्ताका क्रममा भारतले नेपालमा हुने भारत विरोधी गतिविधि नहोस् भन्ने चाहेको र त्यसका लागि तत्काल प्रचण्डले राजीनामा दिन नहुने चाहेको बुझिन्थ्यो । मंगलबार भएको बैठकमा प्रचण्डलाई ‘रअ’ प्रमुखले देउवा प्रधानमन्त्री भएपछि भारत विरोधी गतिबिधि झन बढ्ने भएकाले राजीनामा नदिन प्रचण्डलाई सुझाव दिएका थिए ।
उनले भनेका थिए ‘तपाईकै नेतृत्वको सरकारमा पनि देउवा निकट मन्त्रीहरुले भारतविरुद्ध काम गरेका थिए, भोलि देउवा आफै प्रधानमन्त्री बन्दा अझ बढी ‘एन्टी इन्डियन’ कामहरु हुन्छन ।’
तर, प्रचण्डले मानेन्, राजीनामा दिएरै छाडे
वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्ड राजीनामा दिने कुराबाट टसमस नभएपछि मंगलबार राति नै भएको वार्तामा राजदूत मन्जीभसिंह पुरीले अब एमालेलाई समर्थन गर्ने चेतावनी पनि दिएका थिए । उनले भनेका थिए, ‘तपाईले राजीनामा नदिन नमानेकै कारण अहिले हामी एमालेको समर्थनमा छौं, तपाईको राजीनामा रोक्न हामीले नै एमालेलाई भनेका हौं ।’ सोही क्रममा पुरीले ओलीजीलाई पनि थाइल्याण्डमा राष्ट्रिय सुरक्षा सल्लाहकारले नयाँ सरकार एमालेकै नेतृत्वमा बनाउन सहयोग गर्ने भनेर पनि बचन दिएको कुराको खुलासा गरेका थिए ।
गठबन्धन तोड्न भारतीय प्रयास
भारत स्वयम र एमालेको प्रयासमा पनि प्रचण्डको राजीनामा रोक्न नसकेपछि भारत अब प्रचण्ड–देउवा गठबन्धन तोड्ने दाउमा लागेको छ । भारतले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकार गठन गर्ने कसरत गरेको छ । यो प्रयास सफल भयो भने भारतले नेपालमा आफू अनुकुलको सरकार पाउने छ । भारतको चाहाना भनेको नै आफूअनुकुलको सरकारलाई उपायोग गर्दै नेपालमा आफ्नो सक्रियता बढाउनु हो । onlineharpal.com 


