spot_img

पर्वतका कुन स्थानीय तहमा कति बजेट ?

पर्वत, जेठ १६–पर्वतका स्थानीय तहले न्युनतम १९ करोडदेखि अधिकतम ४५ करोडसम्म बजेट पाएका छन् । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको बजेटअनुसार पर्वतमा सबैभन्दा कम महाशिला गाउँपालिकाले पाएको हो । महाशिला गाउँपालिकाले १९ करोड ४४ लाख ६९ हजार रुपैयाँ एकमुष्ठ अनुदान पाएको छ । त्यसैगरी सबैभन्दा बढी कुश्मा नगरपालिकाले पाएको छ । कुश्मा नगरपालिकाले ४५ करोड १८ लाख ७० हजार रुपैयाँ पाएको हो । त्यसैगरी फलेबास नगरपालिकाले ३४ करोड ९२ लाख ५० हजार, जलजला गाउँपालिकाले ३० करोड ४१ लाख ९३ हजार, पैयूँ गाउँपालिकाले २१ करोड ७६ लाख ४८ हजार, मोदी गाउँपालिकाले २९ करोड ५७ लाख आठ हजार र बिहादी गाउँपालिकाले २१ करोड ५७ लाख ५१ हजार प्राप्त गरेको छ ।

अर्थमन्त्रालयले जनसंख्या, विकासको अवस्था र लागत समायोजन क्षेत्रफललाई मानक मानी यस्तो अनुदानको ब्यवस्था मिलाएको जनाएको छ । संघीयताको वास्तविक अनुभूति हुने र आफ्नो विकास निर्माणको छनौट आफैले गर्नेगरी स्थानीय तहलाई एकमुष्ठ बजेट बिनियोजन गरिएको अर्थमन्त्री महराले बताए । पाउपालिकामा न्युनतम १० देखि ३९ करोड, नगरपालिकामा १५ देखि ४३ करोड, उपमहानगरपालिकामा ४० देखि ६३ करोड र महानगरपालिकामा ५६ देखि एक अर्ब २४ करोड रुपैयाँसम्म बिनियोजन गरिएको छ ।

पर्बत जिल्लाको बजेट
कुश्मा नगरपालिका – ४५,१८,७०,०००
फलेबास नगरपालिका–३४,९२,५०,०००
जलजला गाउँपालिका–३०,४१,९३,०००
पैयुँ गाउँपालिका–२१,७६,४८,०००
महाशिला गाउँपालिका–१९,४४,६९,०००
मोदी गाउँपालिका–२९,५७,०८,०००
बिहादी गाउँपालिका–२१,५७,५१,०००

 

 

spot_img

भर्खरै