spot_img

यी हुन् अहिलेसम्म जितेका ३ महिला मेयर, ७ गाँउपालिका प्रमुख

पर्वत, जेठ ५। स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। हालसम्म २३१ तहको नतिजा आइसकेको छ। यीमध्ये हालसम्म तीन नगरपालिका र छ गाउँपालिका गरी नौ स्थानीय तहमा १० महिला प्रमुख निर्वाचित भएका छन्।

यसमा नेपाली कांग्रेसका पाँच र एमालेका चार तथा माओवादी केन्द्रकी एक महिला प्रमुख निर्वाचित भएका छन्।

नेपाली कांग्रेसबाट जुम्लाको चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल नेपालकै पहिलो निर्वाचित महिला मेयर बनेकी हुन्।

एक मेयरका अलावा कांग्रेसबाट चार गाँउपालिका प्रमुख चुनिएका छन्। तनहुँको म्याग्दे गाँउपालिकामा मायादेवी राना, लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकामा छुपीमाया गुरुङ, चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा गीता गुरुङ र नवलपरासी हुप्सिकोट गाउँपालिकामा कांग्रेसकी लक्ष्मी पाण्डे प्रमुख निर्वाचित भएकी हुन्।

एमालेबाट दुई मेयर र दुई गाउँपालिकामा प्रमुख निर्वाचित भएका छन्।

मेयरमा स्याङ्जा जिल्लाको पुतलीबजारबाट सीमा क्षेत्रीले जितेकी छन्। त्यस्तै नवलपरासी जिल्लाको कावासोती नगरपालिकाको मेयरमा चन्द्रा पुन विजय भएकी छन्।

एमालेबाट गाउँपालिका प्रमुख हुने महिलाहरुमा रसुवा जिल्लाको कालिका गाउँपालिकाबाट सिताकुमारी पौडेल र म्याग्दी जिल्लाको धौलागिरीबाट थम्सरा पुन हुन्।

दिपा बोहरा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने पहिलो गाउँपालिका प्रमुख बेनकी छन्। उनी सिन्धुलीको सुनकोशी गाँउपालिकामा निर्वाचित भएकी छन्।

spot_img

भर्खरै