spot_img

कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका रामचन्द्र जोशी बिजयी

पर्वत, जेठ ४–कुश्मा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रामचन्द्र जोशी बिजयी भएका छन् । एमालेका मेघनाथ सुबेदीलाई आठ सय १८ मतान्तरले हराएर जोशी बिजयी भएका हुन । जोशीले आठ हजार ५७ र एमालेका सुबेदीले सात हजार दुई सय ३९ मत प्राप्त गरे ।
उता उपमेयरमा काँग्रेसकै सिता लामिछाने बिजयी भइन् । उनले आठ हजार चार सय १९ मत पाइन् । एमालेकी मुगा पोखरेलले सात हजार २३ मत मात्रै प्राप्त गरिन् । कुश्मा नगरका १४ वटा वडा मध्ये पाँच वटा काँग्रेस र नौ वटा वडा नेकपा एमालेले जितेको छ ।

spot_img

भर्खरै