spot_img

बिहादीमा काँग्रेसकै अग्रता

पर्वत, जेठ २–बिहादी गाउँपालिकामा निरन्तर नेपाली काँग्रेसका परबिन गुरुङले अग्रता लिएका छन् । अहिलेसम्मको गणनामा गुरुङले आठ सय २८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकै बिष्णुकुमारी खड्काले आठ सय ५५ मत प्राप्त गरेकी छन् ।
एमालेका अध्यक्षका उम्मेदवार कमल भुसालले सात सय १० र उपप्रमुख डम्बरकुमारी गुरुङले छ सय ९४ मत प्राप्त गरिन । माओबादी केन्द्रका कृष्णप्रसाद शर्माले दुई सय ७७ मत र उपप्रमुखले दुई सय २१ मत पाएकी छन् । अहिलेसम्म बिहादीको वडा नम्बर १ र २ को गणना सकिएको छ । १ मा काँग्रेस र २ मा नेकपा एमालेका वडा अध्यक्ष बिजयी भएका छन् ।

spot_img

भर्खरै