दक्षिण कोरियाली सुरक्षा परिषदको आपत कालिन बैठक ![]()
उत्तर कोरियाले बिहान ५ बजेर २७ मिनेट जाँदा पुनः अर्को लामो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उक्त मिसाइल ७ सय किलोमिटरको दूरी पार गरि चीन र दक्षिण कोरियाको सीमा नजिकै समुद्रमा खसेको उत्तर कोरियाली समाचार माध्यमलाइ उधृत गर्दै दक्षिण कोरयाली सुरक्षा अधिकारीहरुले जनाएका छन्।
कुनै नाम नदिएको लामो दुरीको उक्त ब्ल्यास्टिक मिसाइल उत्तरी प्योङयाङदेखि प्रक्षेपण गरिएको जनाइएको छ। यद्यपी उत्तरले परीक्षण सफल भएको बताए पनि अमेरिका र दक्षिण कोरियाले भने यसको बिस्तृत अध्यन भैरहेको जनाएको छ।
त्यस्तै दक्षिण कोरियाली नब निर्वार्चित राष्ट्रपति मुन जे इन ले आजै बिहान ७ बजे रास्ट्रिय सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएका छन्। गत बुधवार मात्र दुई देश बीचको तनाब अन्त्यको लागि आफू प्योङयाङको भ्रमणको लागि तयार रहेको बताएको ४ दिन नपुग्दै उत्तर द्वार फेरि अर्को मिसाइल परीक्षण भएको छ।
जापानले पनि उत्तरले गरेको ब्यास्टिक मिसाइल आधा घण्टा आकासमा उडेर जापान र कोरियाको प्रायद्विप नजिक खसेको बताउँदै यो परीक्षण संयुक्त राष्ट्रसंघको नियम बिपरित रहेको भन्दै कडा शब्दमा आलोचना गरेको छ।


