spot_img

युवराज जोशीको नेतृत्वमा कुश्मा नगरका १४ वटा वडामा चुनाव परिचालन ,प्रचारप्रसार समिति गठन

पर्बत,बैशाख २६ नेपाली काँग्रेस क्षेत्र नम्वर १ ले चुनाव परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको छ । स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन तथा निर्वाचनलाई सफल बनाउन कुश्मा नगरपालिकाका १४ वटा वडामा चुनाव परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको हो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा चुनाव परिचालन तथा प्रचारप्रसार समितिका संयोजक युवराज जोशीको नेतृत्वमा कुश्मा नगरपालिकाका १४ वटा वडामा समिति गठन गरिएको हो । जोशीका अनुसार कुश्मा नगरपालिका –१४ मा प्रदिप चालिसेको संयोजकत्वमा १ सय ५ सदस्यीय समिति गठन गरिएको छ ।
त्यस्तै ठुलीपोखरीमा कुमार सुवेदीको संयोजत्वमा १ सय ५ सदस्यीय समिति,पिपलटारीमा अमर जिविलाल विकको संयोजकत्वमा २ सय १ सदस्यीय समिति, आर्थरमा लव गुरुङको संयोजत्वमा २ सय ५१ सदस्यीय समिति, पकुवामा रमेशबम मल्लको सयोजत्वमा २ सय १ सदस्यीय समिति, कटुवाचौतारीमा रामप्रसाद लामिछानेको संयोजत्वमा २ सय ५१ सदस्यीय समिति, चुवामा देवीप्रसाद पोखरेलको संयोजत्वमा २ सय ५१ सदस्यीय समिति,पाङमा भक्ति विलासी रेग्मीको संयोजकत्वमा ७ सय ५० सदस्यीय समिति, खुर्कोटमा सरस्वती शर्मा जिज्ञासुको संयोजकत्वमा २ सय ५१ सदस्यीय समिति,दुर्लुङमा लेखवहादुर गुरुङको संयोजकत्वमा २ सय ५१ सदस्यीय समिति, कुनपा ४ मा माधव पौडेलको संयोजकत्वमा २ सय ५१ सदस्यीय समिति, ५ मा रामु श्रेष्ठको संयोजकत्वमा २ सय ५१ सदस्यीय समिति,६ मा मानसिँह भण्डारीको संयोजकत्वमा २ सय ५१ सदस्यीय समिति,७ मा सागर गिरीको संयोजकत्वमा २ सय ५१ सदस्यीय समिति गठन गरिएको छ ।
समिति पश्चात कार्यक्रममा बोल्दै नेता जोशीले काँग्रेसप्रति जनताको विश्वास बढ्दै गएकाले जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा काँग्रेसको जित सुनिश्चित रहेको दावी गर्नुभयो । उहाँले समृद्ध नगरको खाका काँग्रेस सँग मात्र भएको दावी गदै काँग्रेसलाई जिताउन रुख चिन्ह्रमा मतदान गर्ने आग्रह गर्नुभयो ।

spot_img

भर्खरै