spot_img

सबै वडामा पक्की सडक र कुश्मालाई नमुना नगर बनाउछु ः जोशी

पर्वत, बैशाख २५, नेपाली काँग्रेस कुश्मा नगरपालिकाले सोमबार खुर्कोट, पकुवा र आर्थरडाडाखर्कमा घरदैलो,  भेटघाट र आमसभा गरेको छ । ती कार्यक्रममा काँग्रेसले एक सयबढी जनालाई नेपाली काँग्रेसमा प्रवेश गराएको छ । ती कार्यक्रमहरुमा बोल्दै नेपाली काँग्रेसको तर्फबाट कुश्मा नगरपालिकाका प्रमुखका उम्मेदवार रामचन्द्र जोशीले आगामी पाँच बर्षभित्र कुश्मा नगरपालिकाका सबै वडाहरुमा कालोपत्रे सडक पु¥याउने बताए । उनले विगत देखि नै कुश्मा नगरपालिकालाई नमुना नगरका रुपमा विकास गर्ने आफ्नो प्रमुख इच्छा रहेको भन्दै त्यो अवसर प्राप्त हुनेमा आफु ढुक्क भएको धारणा राखे ।
कुश्मा नगरपालिका क्षेत्रलाई नेपालकै नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्ने दावी गर्दै उनले वडामा भएका विद्यालयलाई थप बिस्तार गरी सञ्चालन गर्ने, खेतीयोग्य जमिनमा उत्पादन बढाउन ब्यवस्थित सिचाई–कुलोको प्रबन्ध, किसानलाई राहतका कार्यक्रम, स्वच्छ पिउनेपानीको ब्यवस्था, गाउँमा समेत एक घर एक धाराको ब्यवस्था मिलाउने उनले प्रतिबद्धता जनाए ।
नेपाली काँग्रेसका युवा नेता तथा कुश्मा नगरपालिकाका प्रमुख पदका उम्मेदवार जोशीले आफुले जनतालाई बढी भाषण र गफ भन्दा काम गरेरै देखाउने भन्दै एक पटक मतदान गरेर परिक्षण गर्न आग्रह गरे ।
कार्यक्रममा उपमेयरका उम्मेदवार सिता काफ्ले लामिछानेले सम्मुनत नगर बनाउने आफुहरुको प्रतिवद्धता रहेको बताइन । काँग्रेसले मात्र विकास निर्माणको काम गर्न सक्ने भएकाले पनि काँग्रेसको विकल्प नभएको उनको भनाई थियो । उनले महिला हिसां, समाजिक विभेदजस्ता सामजिक कुरितीलाई अन्त्य गर्दै समुन्नत समाजको स्थापना गर्न पनि काँग्रेसले जित्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति लालकाजी गुरुङ, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङ, नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तवहादुर सिके, महाधिवेशन प्रतिनिधि युवराज जोशी, पर्वत क्षेत्र नम्वर १ का क्षेत्रीय सभापति गंगाधर पौडेल, जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, नेपाल शिक्षक संघ पर्वतका पूर्वअध्यक्ष डा.चुडामणी शर्मा, यूवा नेता मनोज गुरुङ, नेपाल दलित संघ पर्वतका अध्यक्ष शिव परियार, सचिव आनन्द विश्वकर्मा लगायतले काँग्रेसले जितेरै छाड्ने उद्घोष गरेका थिए । कार्यक्रम कुश्मा नगरपालिका–१४ का सभापति एवम् वडा अध्यक्षका उम्मेदवार रुद्रमोहन रिमालको अध्यक्षतामा भएको थियो ।
खुर्कोट, पकुवा र आर्थरडाडाखर्कमा भएका कार्यक्रममा नेकपा एमाले, नेकपा माओबादी केन्द्रलगायत दल परित्याग गरी एक सयबढी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

spot_img

भर्खरै