काठमाडौं, बैशाख २५ । नेपाल लोकतन्त्रिक फोरमले सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लगाएको छ। सरकारमा नेतृत्व गर्दै पार्टी अध्यक्ष विजय कुमार गच्छदारले उपप्रधान तथा स्थानीय विकासमन्त्री, गोपाल दहितले भूमिसुधार मन्त्री र पर्यटनमन्त्रीको रुपमा जीतेन्द्र देव सरकारमा जाने भएका छन्।
‘पार्टीले सरकारमा जाने मन्त्रीको टुंगो लगाएको छ’, फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, ‘आज नै उहाँहरुले सपथ लिनु हुने छ।’
द
हितले थरुहट तराई पार्टी नेपाल एकीकरण गर्दै गच्छदारको पार्टीमा गएका थिए।


