spot_img

फलेबासमा इतिहास रच्ने दाउमा तिवारी

कांग्रेस नेता गंगाधर तिवारी

पर्वत, बैशाख २४
एक दशकदेखि नै फलेबास क्षेत्रको विकास निर्माण र जनताका अत्यावश्यक आवश्यकतामा सक्रिय रहदै आएका नेपाली काँग्रेसका   नेता गंगाधर तिवारी इतिहास रच्ने तरखरमा छन् ।
प्रजातन्त्र र लोकतन्त्रप्रति प्रतिबद्ध र सक्रिय रहदारहदै नेपाली काँग्रेसका तत्कालिन क्षेत्रीय सभापति रहेका बाबु हरिदत्त तिवारीको तत्कालिन बिद्रोही नेकपा माओबादीबाट हत्या भएपछि राजनीतिमा प्रवेश गरेका तिवारी काँग्रेसका लोकप्रिय, जुझारु, सक्रिय र जनताप्रति पूर्ण प्रतिबद्ध मानिन्छन् । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा फलेबास नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएर जनताको घरदैलोमा सक्रिय रहेका तिवारीले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन ।
‘जनताको घरर्दैलोमा भिजेको, जनताका अत्यावश्यक आवश्यकता लाई हरबखत पुरा गर्दै आएको र फलेबासलाई समृद्ध बनाउनका लागि स्पष्ट भिजन भएकोले पनि मेरो जित सुनिश्चित ठानेको छु’ उनले भने–‘धेरै सम्भावनायुक्त फलेबासको विकासका लागि मेरै सबै शक्ति लगाउने दृढ संकल्प बोकेको छु ।’ फलेबास नगरपालिकाका ११ वडा मध्ये सबैभन्दा बढी मतदाता संख्या रहेको शंकरपोखरीका बासिन्दा तिवारीको पक्षमा शंकरपोखरीसहित थापाठाना, भंगरा, कार्कीनेटा, मुडिकुवा, देबिस्थान, कुर्घा, पाङराङमा जनलहर नै चलेको छ ।
तिवारीले फलेबासका ११ वटै वडाका कुन ठाउँमा के उत्पादन हुन्छ, छनौट गरेर हरेक वडामा एक उत्पादनसहित कृषि आधुनिकिकरण अभियान चलाउने र नगरलाई अन्नबाली, दुध, तरकारीमा आत्मनिर्भर गराउने, प्रत्यक्षरुपमा जनताले लाभ पाउनेगरी कृषिबाली, पशुलगायतको बिमा कार्यक्रम, हरेक वडामा सडक सञ्जाल सँगै कालोपत्रे गराउने, युवा, महिला, बिपन्नलक्षित आयअर्जनका कार्यक्रम सञ्चचालन गरी बैदेशिक रोजगारी र बेरोजगारीलाई हटाउने योजना बताएका छन् ।
त्यस्तै हरेक घरमा सफा र स्वस्थ खानेपानीको पहुँच पु¥याउने, काठका पोलहरुलाई बिस्थापित गराएर फलामका पोल राख्ने, स्वास्थ्य सेवालाई सबैको पहुचयोग्य बनाउदै फलेबास नगरमा सुबिधायुक्त अस्पताल निर्माणका लागि पहल गर्ने आकर्षक योजना प्रस्तुत गरेका छन् ।

spot_img

भर्खरै