काठमाडौं, भदौ १७ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया पुगेर अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएका नेपालीलाई अध्यागमन विभागले फर्काइदिएको छ ।
गैरकानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया जान पाउँदैनन् ।
सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी गर्ने, नक्कली कागजात, हुन्डी लगायतका कारोबार गर्ने, अबैध बसोबासलगायतका अपराधमा संलग्न रहेकाहरुलाई फर्काउन थालिएको समाचार आजको कारोबार दैनिकमा छ ।
सहकर्मीलाई छुरा हामी घाइते बनाउने एक नेपालीलाई उपचार खर्चबापत करिब एक करोड कोरियन वन तिराइ नेपाल पठाइएको छ ।
राजधानी सउलबाट करिब १५० किमी दक्षिण छनानस्थित एक कम्पनीमा कार्यरत सहकर्मीलाई लागूपदार्थ सेवा गरेका बेला पेटमा चक्कु प्रहार गरी उनले घाइते बनाएका थिए ।