काठमाडौँ, भदौ १६ । के तपाईसँग हस्तलिखित राहदानी छ ? यदि छ भने त्यो राहदानी अब आगामी मंसिर ८ गतेपछि भने अमान्य हुँदैछ ।
केन्द्रिय राहदानी विभागले आगामी मंसिर महिनादेखि हस्तलिखित राहदानी अमान्य हुने जनाउँदै जति सक्दो चाँडो यन्त्रले पढ्ने राहदानी एमआरपी ९मसिन रिडेबल पासपोर्ट, एमआरपी० बनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
विभागले आज सूचना जारी गर्दै हस्तलिखित राहदानीमा विदेशमा रहेका आफन्तजनलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासमा सम्पर्क गरी एमआरपी बनाउने सूचना प्रवाह गर्न अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को नियमानुसार आगामी नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने भएकाले सम्बद्ध सबैलाई एमआरपी बनाउन विभागले अनुरोध गरेको हो ।