spot_img

कपिलवस्तु २० दिनदेखि बन्द

कपिलवस्तु, भदौ १६ । कपिलवस्तुमा थरुहट मधेस प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले २० दिनदेखि बन्द घोषणा गर्दा जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

बन्दका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका स्थान पूर्णरुपले ठप्प बनेका छन् भने शिक्षण संस्था, उद्योग, कलकारखाना, यातायात, बजार पूरै प्रभावित बनेको छ ।

लगातारको बन्दका कारण सदरमुकाम तौलिहवामा ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नको पनि अभाव हुन थालेको छ । स्थानीय प्रशासनले सदरमुकाम तौलिहवा क्षेत्रको जिल्ला प्रशासन कार्यालय आसपासको करिब २५० मिटरको वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदर्शनकारीबाट हुनसक्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र विभिन्न चोकमा सुरक्षाकर्मी खटाइएको छ ।

प्रदर्शनकारीले दिनहुँजसो निषेधित क्षेत्र बाहिर शान्तिपूर्वक प्रदर्शन गरिरहेका छन् । रासस

spot_img

भर्खरै