काठमाडौँ, भदौ १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो साफ यु–१९ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । एन्फाको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको एन्फाले जनाएको छ ।
![u19](http://www.gorkhalinews.com/wp-content/uploads/2015/09/u19-630x308.gif)
गत शनिबार राजधानीमा सम्पन्न सो प्रतियोगितामा नेपालले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाली फुटबलको इतिहासमा नेपालले २२ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।
यस्तै, युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पनि उक्त टोलीलाई जनही एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।