spot_img

‘ओके बाजे’लाई आवासीय प्रवेषाज्ञा

फाइल फोटोः एजेन्सी ।

काठमाडौं, भदौ १५ । नेपाल सरकारबाट ‘ओके बाजे’ले आवासीय प्रवेषाज्ञा प्राप्त गरेका छन् । उनलाई नेपाल सरकारले भदौ ७ गते आवासीय प्रवेषाज्ञा प्रदान गरेको हो ।

जापानमा जन्मेका काजुमासा काकिमी (ओके बाजे) विगत २१ वर्षदेखि पाल्पामा रहेर विकास निर्माण खटिएका छन् । नेपाल सरकारले आवासीय प्रवेषाज्ञा प्रदान गरेकोमा निकै खुसी लागेको उनले बताए ।

ओके बाजेले पूर्वी पाल्पामा विद्यालय भवन, खानेपानी, आयआर्जन तथा गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

भर्ना अभियानले पाँच हजार ८६० विद्यार्थी कक्षामा भर्ना विद्यार्थी भर्ना अभियानमार्फत पाल्पामा पाँच हजार ८६० जना कक्षा १ मा भर्ना भएका छन् ।

जिल्ला शिक्षा कार्यालय पाल्पाले वि.सं २०७२ मा सञ्चालन गरेको सो अभियानअन्तर्गत बाल विकास केन्द्रको अनुभवसहित चार हजार १३८ जना बालबालिका भर्ना भएको देखिएको छ ।

सो कार्यालयको तथ्यांकअनुसार जिल्लाका विभिन्न विद्यालयमा सीधै कक्षा १ मा भर्ना हुने एक हजार ७२२ जना गरी कुल पाँच हजार ८६० विद्यार्थी यस आवमा भर्ना भएको छ । जिल्ला शिक्षा कार्यालयले कक्षा दोहोर्‍याउने र अनुत्तीर्ण संख्या समावेश गरेको छैन । रासस

spot_img

भर्खरै