spot_img

शंकास्पद अवस्थामा किशोरीको शव फेला

महोत्तरी, भदौ १४ । महोत्तरीको सुन्दरपुर गाविसमा सोमबार बिहान शंकास्पद अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

सुन्दरपुर–७ सिंहासनी टोल बस्ने रामबाबु यादवकी १५ वर्षीया छोरी सविता यादवको शव सोही ठाउँमा रहेको इनारमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि घरबाट हराएकी सविताको शव सोमबार बिहान स्थानीय इनारमा शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।

यादवको प्रेम प्रसंगका कारण घर–परिवारका सदस्यसँग शनिबार झै–झगडा भएको थियो भने सोही दिनदेखि उनी अचानक घरबाट हराएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयले यादवको हत्या वा आत्महत्या हुनसक्नेबारे अनुसन्धान सुरु गरिसकेको छ भने उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको छ । रासस

 

spot_img

भर्खरै