spot_img

क्रिकेटको दोस्रो खेलमा नेपालको हार

दीपेन्द्र सापकोटा

काठमाडौँ, भदौ १२ । एसियाली क्रिकेट परिषद् उन्नाइस वर्षमुनि ९एसिसी यु–१९०को प्रिमियर लिग क्रिकेटअन्तर्गतको दोस्रो खेलमा नेपाल चिरपरिचित अफगानिस्तानसँग १० विकेटले पराजित भएको छ ।

नेपालले पहिलो खेलमा सानदार प्रदर्शन गर्दै संयुक्त अरब इमिरेट्स ९युएई०लाई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै राम्रो सुरुवात गरेको थियो ।

मलेसियाको किनरारा मैदानमा आज टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा ४७।५ ओभरमै सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । नेपालले प्रस्तुत गरेको १२४ रनको सामान्य लक्ष्य अफगानिस्तानले केवल २५ ओभरमा बिनाविकेटको क्षतिमा सजिलै पूरा ग¥यो ।

सहज जितका लागि अफगानिस्तानका ओपनरद्वय नसिर खान र हजरातुल्लाहले पहिलो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे । नसिर ५७ र हजरातुल्लाह ६८ रनमा अविजित रहे ।

खराब सुरुवात गरेको नेपालले ओपनर सन्दिप सुनार दोस्रो ओभरको पहिलो बलमै डकआउट भएपछि नेपाललाई नमिठो झट्का लाग्यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राजवीर सिंह पनि समान तरिकाले आउट भए । नेपालको स्कोर ४ रनमात्र हुँदा आरिफ शेख मात्र २ रन जोडेर पवेलियन फर्किए ।

पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान राजु रिजाल २२ बलमा मात्र १ रन जोडेर आउट भएको हुँदा ओपनर सुनिल धमला मात्र क्रिजमा टिकिरहे । सुनिलले योगेन्द्रसिंह कार्कीसँग पाँचाँै विकेटका लगि ५८ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाल्ने प्रयास गरे । धमला पाँचौँ विकेटका रुपमा ४६ रनमा आउट भए ।

योगेन्द्रसिंह २० रनमा आउट भए भने शौरभ खनाल २ तथा दीपेन्द्रसिंह ऐरीले १० रन बनाए । त्यस्तै, प्रेम तामाङ २० र सुशील कँडेल ४ रनमा आउट भए भने दीपेश श्रेष्ठ शून्यमा अविजित रहे ।
अफगानिस्तानका रहमान र मालाकेजईले समान ३÷३ विकेट हात पार्दा नभिन उलहकले २ विकेट लिए ।

नेपालले आफ्नो तेस्रो खेलमा सोमबार घरेलु टोली मलेसियासँग खेल्ने छ ।

spot_img

भर्खरै