इलाम, १२ भदौ । इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको गएराति मृत्यु भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फर्कने क्रममा राति ११ बजे भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।
राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याउने क्रममा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । रासस