spot_img

अस्ट्रेलियाको सँसदलाई भागवत गीताको उपहार

अस्ट्रेलियाको सम्सदमा अब धार्मिक ग्रन्थ श्रिमद्दभागवत गीता पुस्तक लाई स्थापना गरिएको छ। यसै क्रममा गत साता सनातन धर्म प्रतिनिधि सभाको एक प्रतिनिधि मण्डलले प्रधान मन्त्रि केभिन रडलाई भावत गीता हस्तान्तरण गरेका छन्। प्रतिनिधि मण्डलका एक प्रतिनिधि योगि कश्यप का अनुसार अस्ट्रेलिया बहु जातिय, बहु धार्मिक देश् भएकाले सम्सद बाट हिन्दू धार्मिक ग्रन्थ सँकलनमा माग भए बमोजिम हामिले गीता ग्रन्थ हस्तान्तरण गरेका हौ । अस्ट्रेलियामा हिन्दू धार्मिक ब्यक्ति सँसद बनेमा उसलाइ सपथ दिलाउनका र धार्मिक अध्ययन का लागि पनि सो पुस्तक उपयोगि हुने जनाइएको छ। पछिल्लो जनगणना अनुसार् अस्ट्रेलियामा २०० प्रतिशतले हिन्दूहरूको जनसंख्या व्रिद्दी भएको छ जसमा हिन्दी ,नेपाली , तमिल ,पन्जावि ,श्रिलन्कन ,गुजरति,तलेगु भाषिहरू रहेका छन्।

spot_img

भर्खरै