नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खतिवडा ३८० मत ल्याएर विजयी भएका हुन् । उनले डा कृष्ण काफ्लेलाई पराजित गरे । काफ्लेले २६५ मत पाएका थिए । त्यसैगरि उपाध्यक्षमा डा अशेष भट्टराई ३४५ मत पाएर विजयी बन्दा उनका निकटम् प्रतिष्पर्धी डा अर्जुन अर्यालले २९७ मत पाएका थिए ।
त्यस्तै सचिवमा डा शंकर न्यौपाने, कोषाध्यक्षमा डा सिकेश मानन्धर निर्वाचित भएका छन् । न्यौपानेले ३७६ मतका साथ विजयी भएका हुन भने मानन्धर ३४९ मतका साथ विजयी भएका हुन् ।
सदस्यहरुमा डा नविन पन्थी, डा निकेश खनाल, डा मलिसा श्रेष्ठ, डा लोकेन्द्र न्यौपाने, डा शत्रुधन शाह र डा सुमित श्रेष्ठ निर्वाचित भएका छन् ।



