पर्वत/पर्वतकाे पैयुं गाउँपालिका वडा नम्बर १ टकलाकमा पशु स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पर्वतको आयोजना तथा पैयूँ गाउँपालिका १ नम्बर वडा कार्यालय टकलाकको समन्वयमा उक्त शिबिर सम्पन्न भएकाे हाे । शिविरमा पशुहरुको बाँझोपन, विभिन्न रोगहरुको जाँच, अैाषधाेपचारका साथै अैाषधी वितरण गरिएकाे थियाे । शिविरमा वडाका एक सय २७ जना किसानले तीन सय ५० भन्दा बढि पशुकाे उपचार तथा अाैषधि लगेकाे पैयु १ टकलाकका वडा अध्यक्ष मिनप्रसाद न्याैपानेले जानकारी दिए । जटिल विरामी भएका पशुहरुलाई गोठमै गएर समेत सेवा दिइएको उनले बताए । भेटेनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी पौडेलकाे नेतृत्वमा पैयु गाउँपालिकाका पशु सेवा शाखा प्रमुख शुशिला गाैडेललगायतकाे टाेली शिविरमा पशुकाे उपचारका लागि गएकाे थियाे । निर्वाचित भएसंगै वडामा काम भईरहेका याेजनाहरुकाे अनुगमन गर्दै गुणस्तरमा विशेष ध्यान दिएका वडा अध्यक्ष न्याैपानेले पशु, स्वास्थ्य संगै उत्पादन मुलक क्षेत्रमा ध्यान दिएका छन ।



टकलाकमा वडा अध्यक्ष न्याैपानेकाे सक्रियता, पशु स्वास्थ्य शिबिर सम्पन्न


