पर्वत, चैत १०-नेपाल तरुण दल पर्वतले बिहिवार पैयुमा सात वटै वडाका तरुणलाई बृहत् प्रशिक्षण दिएको छ । कम्युनिस्टहरुले जनतालाई हरेक मुद्दामा भ्रम सिर्जना गरेकाे, अनुदानका रुपमा ठुला बिधुत र सडक निर्माण गर्न दिएकाे एमसिसि परियाेजनामा अनावश्यक भ्रम गराएकाे, नेपाली कांग्रेसकाे स्थापना, कांग्रेसले गरेका याेगदान, कांग्रेसको निति, सिद्धान्त, बिचारलगायतका बिषयमा जानकारी दिने उदेश्यले उक्त प्रशिक्षण गरिएकाे हाे । प्रशिक्षण कार्यक्रमकाे उद्घाटन नेपाली कांग्रेस पर्वतका सभापति युवराज जाेशीले गर्नुभयो । हरेक मुद्दामा जनतालाई भ्रमित पारेका कारण कम्युनिष्टहरु भ्रमकाे खेती गर्ने पार्टीका रुपमा चित्रित हुन थालेकाे जाेशीले बताउनुभयाे । राष्ट्रियता, मुलुककाे हित, बिकास र समृद्धिका साथै जनजिविकाकाे बिषयमा नेपाली कांग्रेस सधैं स्पष्ट रहदै अाएकाे तर कम्युनिस्टहरु जनतालाई भ्रम देखाएर जनमत लिने अभियानमा लाग्ने गरेकाे सभापति जाेशीले दावी गर्नुभयाे । जाेशीले जनताको हित, बिकास र समृद्धिका लागि अागामी निर्वाचन कांग्रेसले जित्नैपर्ने र कम्युनिस्ट मुक्त जिल्ला घाेषणाा गर्नुपर्ने पनि बताउनुभयाे । तरुणहरुकाे भुमिका पार्टीमा महत्त्वपूर्ण रहने धारणा राख्दै सभापति जाेशीले अागामी निर्वाचनमा पार्टीकाे निर्देशन अनुसार परिचालन हुन निर्देशन दिनुभयाे । उहाले पार्टीमा कसैलाई अन्याय हुन नदिने र अागामी निर्वाचनमा पार्टीमा भुमिका, सक्रियता, याेगदान र जन लाेकप्रियताका अाधारमा वडादेखि नै उम्मेदवारकाे टुंगाे लगाउने स्पष्ट पार्दै सकेसम्म अाअाफ्नाे तहमा सर्वसम्मत रुपमा उम्मेदवार टुंगाे लगाएर सिफारिस गर्न पनि तल्लाे तहका समितिहरुलाई अाग्रह गर्नुभयाे । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पार्टीमा लामाे समयदेखि प्रशिक्षण दिदै अाएका प्रध्यापक डा.कुशुमाकर न्याैपाने, नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारी, शिक्षक संघका पुर्वअध्यक्ष एवम् नेपाली कांग्रेस जिल्ला कार्य समितिका निबर्तमान सदस्य तिलकप्रसाद श्रेष्ठले प्रशिक्षण दिनुभएको थियाे । प्रशिक्षण कार्यक्रममा पैयु गाउँपालिकाका ७ वटै वडाका झण्डै तीन सय युवाकाे सहभागीता रहेकाे थियोे । प्रशिक्षण अघि तरुणहरुले पैयु ७ भाेर्लेदेखि ६ सराैखाेला, ४ हुवास, २ त्रिबेणी, ३ डुडसम्म बृहत् माेटरसाईकल र्याली निकालेका थिए । नेपाल तरुण दल पर्वतका अध्यक्ष ताेरण मल्ल राजले तरुणहरुलाई पार्टी र तरुण दलका बिषयमा अाधारभुत ज्ञान दिन र अागामी दिनमा तरुणकाे परिचालन र भुमिकाका बिषयमा प्रशिक्षण कार्यक्रम अायाेजना गरेकाे जानकारी दिनुभयाे । अध्यक्ष मल्लकाे अध्यक्षता, सचिव सागर भुसालको सञ्चालन, नेपाल तरुण दल पैयु ३ बेउलीबासका उपसभापति नेत्र काफ्लेको स्वागत मन्तब्यमा भएकाे प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस पर्वतका निबर्तमान सभापति खिमप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधि एवम् पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, नेपाली कांग्रेस पर्वत प्रदेश सभा ख क्षेत्रीय समितिका सभापति परविन गुरुङ, सचिव छविलाल तिवारी, काेषाध्यक्ष जानकी प्रधान, नेपाली कांग्रेस पर्वतका पुर्व उपसभापति गिरिराज गाैतम, प्रदेश महाधिवेशन प्रतिनिधि एकनारायण न्याैपाने, अानन्द भुसाल, टाेपबहादुर गुरुङ, पैयुका सभापति डम्बरकुमार प्रधान, नेपाल तरुण दल पर्वतका उपाध्यक्ष बिवेक जाेशि भास्कर, सचिव धनबहादुर ठकुरी अमृतलगायत पार्टीका बिभिन्न वडासभापतिहरुकाे उपस्थिति रहेकाे थियो । कार्यक्रममा प्रशिक्षक डा.कुशुमाकर न्याैपाने, केशव भण्डारी र तिलकप्रसाद श्रेष्ठलाई नेपाल तरुण दल पर्वतले सम्मान गरेको थियोे ।



