spot_img

प्रदेश सभा ख क्षेत्रमा गठबन्धन गर्ने निर्णय, कार्य सम्पादन समिति गठन

पर्वत, चैत २९–नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्य समिति पर्वतको नियमित चौथो बैठक बिहादी–३ रानीपानीमा सम्पन्न भएको छ । बैठकले आफ्नो क्षेत्रभित्रका चार वटा पालिका र ३० वटा वडामा स्थानीय औचित्य र आवश्यकताका आधारमा सरकारमा सहभागी भएका दलसँग गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । सभापति परविन गुरुङको सभापतित्वमा भएको बैठकले वडा तहसम्म मतसंख्याका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो ।
बैठकले ३० वटै वडामा गठबन्धनमा रहेका दलहरुको यथार्थ अनुमानित मतसंख्या संकलन गरी पठाउन वडा समितिलाई निर्देशन दिएको छ । स्थानीयस्तरको समस्या, जनभावना बुझ्ने र विकास निर्माणमा लाग्ने पार्टी नै नेपाली काँग्रेस भएकोले त्यो जनतालाई प्रष्ट रुपमा बुझाएर अगाडी बढ्ने सभापति गुरुङले बताए । यसैगरी बैठकले प्रदेश सभा ख क्षेत्रीय कार्य समिति पर्वतले कार्य सम्पादन समिति गठन गरेको छ ।
सभापति परविन गुरुङको सभापतित्वमा गठिन कार्यसम्पादन समितिमा लक्ष्मीकुमारी गौडेल, गंगाप्रसाद भुसाल, छविलाल तिवारी, ठाकुर रसाइली, जानकी प्रधान, युवराज भुसाल, निर्मला शर्मा, गिरिराज गौतम, आनन्द भुसाल, हरि न्यौपाने, शैलेन्द्र शर्मा गौडेल, टोपबहादुर गुरुङ सुनिल, मेघमाया गुरुङ रहेका छन् । बैठकले आर्थिक प्रतिबेदनसहित विभिन्न निर्णय पनि पारित गरेको छ । यसैगरी बैठकमा नेपाली काँग्रेस पर्वतका निवर्तमान सभापति खिमप्रसाद भुसाल र निबर्तमान क्षेत्रीय सभापति क्या.धनबहादुर थापालाई सम्मानपत्रमार्फत सम्मान गरिएको थियो ।
बैठकमा महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारीले मुलुकको माया र जनताको हितमा काम गर्ने पार्टी नै नेपाली काँग्रेस भएकोले त्यो घरघरमा पुगेर बुझाउन आवश्यक रहेको बताए । अवका तीन वटै तहका निर्वाचनमा नेपाली काँग्रेस बिजयी बन्ने दाबी गर्दै दुई तिहाई बहुमत आउदा पनि सरकार चलाउन नसकेको कुरा जनताले राम्रोसंग थाहा पाएको पनि बताए । सभापति गुरुङ र सचिव छविलाल तिवारीको सञ्चालनमा भएको कार्यक्रममा उपसभापति लक्ष्मी गौडेल, गंगाप्रसाद भुसाल, सचिव ठाकुर रसाइली, सदस्य गिरिराज गौतम, एकनारायण न्यौपाने, आनन्द भुसाल, हरि न्यौपाने, टोपबहादुर गुरुङ, शैलेन्द्र शर्मा गौडेल, हिरामणी सापकोटा, बिष्णु भुसाल, डम्बरकुमार प्रधान, सल्लाहकार भिमबहादुर खड्का, पुर्व जिल्ला सदस्य गोबिन्द पराजुलीलगायतले आफ्ना धारणा राखेका थिए ।

spot_img

भर्खरै