पर्वत, असार ९–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पर्वत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेका छन् । पर्वत समाज अमेरिकाको सहयोगमा दुई वटा अक्सिजन कन्सन्टे«टर र एक वटा इसिजि मेसिन जोशीले पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीलाई हस्तान्तरण गरेका हुन । कोभिड–१९ बाट प्रभावित भइरहेको समयमा स्वास्थ्य उपकरणले पर्वत अस्पतालमा बिरामीको उपचारमा महत्वपूर्ण सहयोग मिल्ने जोशीले बताए । ‘ब्यावसाय होस वा रोजगारको सिलसिलामा अमेरिकामा बस्दै आएका पर्वतेली नेपालीको संस्था पर्वत समाजले आफ्नो मातृभुमिप्रति जुन सहयोग गरेका छन म उहाँहरुप्रति सम्मान र धन्यबाद दिन्छु’ जोशीले स्वास्थ्य उपकरणपछि बोल्दै भने ।
आफु नेपाली काँग्रेसका जनसम्पर्क समन्वय समितिको संयोजक भएर लामो समय काम गरेका कारण पनि बिदेशमा बस्ने नेपालीसँग बढी सम्पर्क र समन्वय हुने गरेको भन्दै जोशीले बिदेशमा बस्ने नेपालीसँग आफ्नो मातृभुमिप्रति झन माया हुने गरेको बताए । कोरोनाका बेला प्राप्त भएका स्वास्थ्य सामाग्री अन्य बेला समेत प्रयोग गर्न सकिने भन्दै जोशीले पर्वत अस्पतालको बर्तमान अवस्था, समस्या, आगामी दिनमा गर्नुपर्ने कामका विषयमा विशेष चासो लिदै पर्वत अस्पतालका बिद्यमान समस्यालाई समाधान गर्न प्रयत्नशिल रहने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा पर्वत समाज अमेरिकाका संस्थापक महासचिव संजिब श्रेष्ठले समाजले सानो सहयोगले पनि मातृभुमिमा ठुलो राहत मिल्ने भएका कारण सहयोग गरेको जानकारी दिएका थिए । सो अवसरमा पर्वत जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले स्वास्थ्य उपकारण सहयोग गरेकोमा धन्यबाद दिदै अस्पतालको अहिलेको अवस्था, समस्या र भावी रणनीतिका बारेमा जानकारी गराएका थिए । 

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण


