पर्वत, माघ २०–प्रहरीप्रतिको जनगुनासो, चासो र सुझाव लिने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको छ । सामुदायिक सेवा केन्द्र पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई गरिएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र पर्वतका अध्यक्ष शिवप्रसाद सुबेदीले प्रहरीले जनस्तरबाट आएका गुनासालाई शिरोधार्य गरेर समाजमा शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए । समाजमा शान्ति कायम गर्नका लागि प्रहरीले नागरिकसँग निरन्तर संबाद, सहकार्य र सम्पर्क बढाउनुपर्नेमा जोड दिदै अध्यक्ष सुबेदीले सामुदायिक सेवा केन्द्र पर्वतले गरेका कामको बारेमा जानकारी गराएका थिए । नागरीक बिना बर्दिका प्रहरी भएको र प्रहरी वर्दी सहितका नागरिक भएकोले नेपाल प्रहरीद्वारा प्रवाह गरीने सम्पुर्ण सेवाहरु नागरिक केन्द्रित हुनुपर्नेमा सहभागीले जोड दिएका थिए । कार्यक्रममा कुश्मा–६ का वडाध्यक्ष रुद्र गिरी, सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष मानकुमारी गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक कृष्ण बहादुर खड्का, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका प्रहरी नायव निरीक्षक पुर्णिमा थापा, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा कार्यसमितिका अन्य पदाधिकारीहरु, स्थानिय टोल बिकास समितिका पदाधिकारीहरु, स्थानिय राजनैतिक दलका प्रतिनिधीहरु, समाजसेवी, वुद्वीजिवीहरु लगायत सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उठेका बिषयबस्तुमाथि जवाफ दिदै प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले उचित जवाफ सहित समाजमा हुने धेरै जसो आपराधिक घटनाहरु मादक पदार्थ सेवन, लागुऔषध दुर्व्यसनी जस्ता कारणले घट्ने गरेको र त्यस किसिमका आपराधिक गतिविधिहरु भएको, हुन लागेको वा हुने सक्ने थाहा पाएमा तत्काल प्रहरीलाई खबर गरी त्यस्ता क्रियाकलापहरुलाई निरुत्साहित पार्न सकिने बताएको प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
सामुदायिक सेवा केन्द्रमा सार्वजनिक सुनुवाई सम्पन्न


