spot_img

पार्टी एक बनाउने पर्वतको सन्देश लिएर देउवा पुगे पौडेललाई भेट्न बोहोराटार

पर्वत, माघ ६–‘जिवनको उत्तराद्र्धमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरुले पार्टी छाड्नुभयो, तर म कुनैपनि नेता कार्यकर्तालाई पार्टी छाड्नुपर्ने बाध्यता हुन दिन्न । सबैलाई मिलाएर लैजान्छु । पार्टीलाई एकढिक्का बनाउछु’ शहिद हरिदत्त स्मृति प्रतिष्ठानले माघ १ गते पर्वतको शंकरपोखरीमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने ।
पर्वतमा नेता कार्यकर्ताले पार्टी एक बनाएर लैजान गरेको अनुरोधपछि सभापति देउवाले पार्टी एकढिक्का बनाएरै लैजाने घोषणा गरेका थिए । पर्वतमा गरेको बाचा पुरा गर्न सभापति देउवाले सुरु गरेका छन् । पार्टी एक बनाएर लैजाने पर्वतको सन्देश लिएर देउवा सोमबार पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन् । करिब एक घण्टा पार्टी सांगठनिक र समसामयिक विषयमा दुई नेताबिच छलफल भएको छ । पार्टीको सांगठनिक विवाद र संसद विघटनबारे देखिएको मतभेदमाथि थप छलफल गर्ने देउवा–पौडेलबीच समझदारी भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले पार्टी सभापति देउवाले पर्वतमा बोलेको कुरालाई ब्यवहारमा पुरा गर्न लागेको बताए । ‘पर्वतमा गत माघ १ गते आउँदा सभापतिज्युले अव पार्टीलाई एक बनाएर लैजान्छु, पार्टी छोड्नुपर्ने बाध्यता कसैलाई बनाउदिन भनेर भन्नुभएको थियो, त्यो ब्यवहारमै लागु गर्न सुरुवात गर्नुभएको छ’ देउवाका विश्वासपात्र समेत रहेका नेता जोशीले भने–‘सोमबार बरिष्ठ नेताकै घरमा सभापति पुगेर छलफल गर्नुपनि त्यसैको सुरुवात हो ।’
काँग्रेसस्रोतका अनुसार दुई नेताबिच पार्टीको सांगठनिक बिषयका साथै प्रतिनिधिसभा बिघटनपछिको परिस्थितिका बारेमा छलफल भएको थियो । सभापति देउवाले प्रतिनिधिसभा बिघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावसम्म मिलेर जाम भन्ने प्रस्ताव र पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारकै नेतृत्व काँग्रेसले गरोस् भन्ने प्रस्तावका बिषयमा पनि छलफल भएको छ । प्रतिनिधिसभा बिघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनसम्म नेपाली काँग्रेससँग मिलेर जाने प्रस्ताव गर्दै आएका छन् । त्यस्तै गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले दुई पार्टी मिलेर जाने र सरकारको नेतृत्व पनि काँग्रेसलाई नै दिने प्रस्ताव गर्दै आएका छन् ।

spot_img

भर्खरै