spot_img

काँग्रेसका प्रभावशाली नेता खाँडको उत्कृष्ट काम, सरकारले उपलब्ध गराएको दशैँ भत्ता राज्यकोषमै गरे फिर्ता

पर्वत, कार्तिक २–नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्वमन्त्री बालकृष्ण खाँडले संसद सचिवालयले उपलब्ध गराएको दशैँ भत्ता वापतको रकम फर्ता गरेका छन् । खाँडले आइतबार संसद सचिवालयलाई पत्र पठाएर दशैँ वापत दिइएको भत्ता जनहितमा लगाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाइ भागिरहेको अवस्थामा जनप्रतिनिधिलाई दशैँ भत्ता वितरण गर्ने सरकारको निर्णय असान्दर्भिक र जनहित विपरित भएको भन्दै नेपाली काँग्रेसका प्रभावशाली नेता खाँडले उक्त रकम फिर्ता गर्ने निर्णय गरेका हुन् । ‘मलाई प्राप्त भएको दशैँ भत्ता वापतको रकम संसद सचिवालयमार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु’, खाँडद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘सो रकम सरकारी कोषमा जम्मा हुने व्यवस्था मिलाउन आग्रह गर्दछु’, खाँडद्धारा आइतबार संसद सचिवालयलाई पठाइएको पत्रमा उल्लेख छ ।
कोरोना महामारीका बेला सरकारले प्रतिनिधि सभाका सांसद र उनीहरूका स्वकीय सचिवहरूलाई दशैँ भत्ता दिएपछि विरोध भएको थियो । नेपाली काँग्रेसका प्रभावशाली नेता खाँडले आम नागरिकले कोरोनाको महामारीको बेला विभिन्न समस्या झेलिरहेको समयमा दशै भत्ता लिनु अनुकुल नहुने भन्दै उनले सरकारी कोषमा भत्ता फिर्ता हुने घोषणा गरेका हुन । नेता खाँडले कोरोना नियन्त्रणमा सरकार असफल भएको टिप्पणी समेत गरेका छन् ।

spot_img

भर्खरै