spot_img

जलजला गाउँपालिकाका अध्यक्ष मल्लले भने–‘म कोरोनामुक्त भएर पुनः कोरोना भाइरसबिरुद्धको अभियानमा सक्रिय हुन चाहन्छु’

पर्वत, कार्तिक २–नेपाली काँग्रेस पर्वतका युवा नेता एवम जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आफु कोरोनामुक्त भएर पुनः कोरोना भाइरसबिरुद्धको अभियानमा सक्रिय हुन चाहेको बताएका छन् । नेपालमा कोरोना भित्रिएलगत्तै जलजला गाउँपालिकामा ब्यक्तिगत रुपमा दुई लाख रुपैयाँ जम्मा गरेका मल्लले कुश्मा, फलेबास, मोदी, महाशिला, बिहादी, पैयुँमा समेत नगद र स्वास्थ्यसामाग्री सहयोग गरेका थिए ।
कहिले जिल्ला प्रशासन त कहिले बागलुङ र बेनीसम्म पुगेर स्वास्थ्यसामाग्री बितरण गरेका जलजला गाउँपालिकाका अध्यक्ष मल्लले नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवामार्फत सहयोग भएको स्वास्थ्य सामाग्री पर्वत, बागलुङ र म्याग्दी पु¥याएर बितरण गरेका थिए । मल्लकै सक्रियतामा जलजलाको नौ वटै वडामा क्वारेन्टाइन बनाउनेदेखि त्यहाँका स्वास्थ्यसंस्थामा स्वास्थ्यसामाग्रीयुक्त बनाउने काम भएको छ ।
कोरोना महामारीको यो समयमा सबैभन्दा बढी कोरोनाबिरुद्धको अभियानमा सक्रिय भएका उनै मल्ल अहिले कोरोना संक्रमित भएका छन् । उनी अहिले पोखरास्थित चरक अस्पतालको आइसोलेसनमा रहेका छन् । उनले आफु कोरोनामुक्त भएपछि पुनः कोरोना भाइरसबिरुद्धको अभियानमा सक्रिय हुन चाहेको भन्दै छिट्टै कोरोना मुक्त हुने अपेक्षा लिएका छन् । दुई दिन सामान्य लक्षण देखिएपनि मल्ल अहिले स्वस्थ रहेका छन् ।

spot_img

भर्खरै