spot_img

पर्वतको दुर्लुङका थप १० घर पहिरोको जोखिममा : भूगर्भविद्

पर्वत ः पर्वतको दुर्लुङमा गत जेठ ३१ गते राति  गएको पहिरोको आसपासका १० घरलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न भूगर्वविद्ले सिफारिस गरेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले प्रतिवेदन सार्वजनिक गर्दै पहिरो गएको ठाउँ नजिक रहेका ती घर अत्यन्त जोखिममा रहेको जनाएको छ । पहिरोमा परी  कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा नौ जनाको अकालमा मृत्यु भएको थियगर्वविद्को टोलीले पहिरो जानुका कारण र त्यस क्षेत्रका जमिनको आगामी अवस्थाबारे प्रतिवेदन बुझाएको छ । “पहिरोको वर्तमान अवस्था र निकट भविष्यमा हुने वर्षालाई समेत आँकलन गरी पहिरो आसपासका १० घर तत्कालका लागि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ ।” अध्ययनको नेतृत्व गरेका भूगर्वविद् शिवकुमार बाँस्कोटाले भने, “पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इञ्जीनियरिङ पद्धति अवलम्बन गर्न सकिने पनि प्रस्ताव गरिएको छ ।”अध्ययनले पहिरो जाँदाको दिन करिब तीन घण्टासम्म लगातार मुसलधारे वर्षाको कारण भिरालो जमिनमा पहिरो उत्पत्ति भई सतहको माटो र रुख बिरुवासमेत बगेको जनाएको छ ।  केही तलको समथर स्थानमा छोटो समय थुनिन गई एक्कासी विस्फोट हुँदा तल्लो तटीय क्षेत्रको समथर भूभागमा रहेको बस्तीमा पहिरोले बगाएर ल्याएको गेग्रान थुप्रिइ दुई घरमा क्षति पुग्नुका साथै आसपासका १० घर उच्च जोखिममा रहेको अध्ययनले निष्कर्ष निकालेको छ । प्रतिवेदनमा काफलबोट÷काउलेका सात घर र खेतसहितको जमिन अस्थिर भई तलतिर विस्तारै सर्ने क्रममा रहँदा घरहरु ढल्केको तथा चर्केको अवस्थामा पाइएकाले त्यस ठाउँको बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ ।

spot_img

भर्खरै