spot_img

पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुग्यो

पर्वत, जेठ ३१–पर्वतमा थप चार जना कोरोना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पर्वतमा भारतबाट फर्किएका थप चार जना कोराना संक्रमित भेटिएको शनिबार जानकारी दिएको हो । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । यसअघि पर्वतमा २२ जना कोरोना संक्रमित भेटिएका थिए ।
पर्वत अस्पतालका निमित्त प्रमुख डा.शिशिर देवकोटाले कुश्मा–१० पिपलटारीका दुई जना,  महाशिला–५ लुंखुका एक जना र जलजला–१ बासखर्कको एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । शनिबार सार्वजनिक भएका मध्ये पिपलटारीका एक जना ६ बर्षिय बालक र १७ बर्षिय एक महिला रहेकी छन् । बासखर्कका १७ बर्षिय किशोर छन् । लुंखुका १६ बर्षिय किशोर छन् ।
शनिबार पुष्टि भएको सार्वजनिक गरिएका चारै जनालाई कोरोना अस्थायी अस्पतालको आइसोलेसन कक्षमा भर्ना गर्ने तयारी गरिएको छ । हाल उनीहरु कुश्मास्थित क्वारेन्टाइनमा रहेका छन् । पर्वतबाट स्वाव संकलन गरी पठाइएकामध्ये अझै दुई सयबढीको रिपोर्ट आउन बाँकी रहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ९७ पुगेको छ ।

spot_img

भर्खरै