spot_img

काँग्रेस युवा नेता मल्लले दिए पर्वतका सबै पालिकालाई स्वास्थ्य सामाग्री

पर्वत, जेठ १२–नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाइरसबिरुद्धको अभियानमा आफ्नो निजि लगानीलाई निरन्तरता दिएका छन् । हालसम्म झण्डै ब्यक्तिगत रुपमा छ लाख लगानी गरिसकेका मल्लले आइतबार पर्वतको पैयूँ गाउँपालिका, महाशिला गाउँपालिका र मोदी गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

पैयूँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महाशिलाका अध्यक्ष राजु पौडेल, मोदीका अध्यक्ष प्रेम पौडेललाई मल्लले थर्मोगन, मास्क, सेनिटाइजर र ग्लोब्सलगायतका सामाग्री हस्तान्तरण गरे । यसअघि मल्लले फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा र बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाललाई उक्त सामाग्री प्रदान गरिसकेका थिए । त्यसैगरी मल्लले जलजला गाउँपालिकाको कोरोना राहत कोषमा ब्यक्तिगत रुपमा दुई लाख रुपैयाँ जम्मा गरेका छन् । कुश्मा नगरपालिकाको कोरोना राहत कोषमा ३० हजार रुपैयाँ प्रदान गरेका मल्लले नेपाली काँग्रेस फलेबासको राहत कोषमा नगद ५० हजार रुपैया र नेपाली काँग्रेस महाशिलाको राहत कोषमा नगद ३० हजार रुपैयाँ ब्यक्तिगत सहयोग गरेका छन् ।
विश्व समुदाय कोरोना भाईरसको महामारीबाट आक्रान्त भएको वेला अध्यक्ष मल्लले देखाएको मानवीय भावना प्रशंसनीय भएको पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले वताए । अध्यक्ष मल्लले शुरूवाती चरणबाटै कोरोना भाईरस विरूद्धको अभियानमा आफूलाई समर्पित गर्दै आएका छन् । उनले राहत तथा स्वास्थ्य सामग्री र सबारी व्यवस्थापनमा व्यक्तिगत रुपमै लगानी गर्दै आएका छन् । आफू जलजला गाउँपालिकाको अध्यक्ष भएपनि पर्वतका सबै स्थानीय तहप्रति मल्लले देखाएको हार्दिकताको सबैतिर प्रशंसा भएको छ ।

spot_img

भर्खरै