spot_img

मिनबहादुर परियारको निधन, काँग्रेसका नेताले भने–‘पार्टीलाई ठूलो क्षति भयो’

पर्वत, कार्तिक १९–नेपाल तरूण दलका नेता मिनबहादुर परियार (खड्का)को ३१ बर्षको उमेरमा निधन भएको छ । कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै निवासमा परियारको सोमबार निधन भएको हो । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित परियारको उपचार हुँदाहुँदै निधन भएको हो । परियारलाई नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले तरूण दलको झण्डा र नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सभापति एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
खड्काप्रति अन्तिम श्रद्धाञ्जली दिँदै नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले मिनबहादुरको निधनबाट तरूण दललाई अपुरणीय क्षति पुगेको वताए । ‘खड्का जुझारु र साहसी युवा थिए, उनको निधनले संगठनलाई ठूलो क्षति पुगेको छ’ केन्द्रीय कोषाध्यक्ष गुरुङले भने ।
त्यसैगरी परियारको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काँग्रेस कुश्मा नगर सभापति एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले परियारको निधनबाट नेपाली काँग्रेस पर्वत स्तव्ध र मर्माहत भएको वताए । खड्काजस्ता योद्धाको सम्झना पर्वत काँग्रेसले सँधै गरिरहने उनले भने । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सम्भावना भएको युवा गुमाउनुपरेको बताए । उनले पनि नेपाली काँग्रेस पर्वतलाई ठुलो क्षति पुगेको बताए ।
स्वर्गीय खड्का कुश्मा नगरपालिका वाड नम्बर ४ का वडा सदस्य हिना परियारका श्रीमान समेत हुन् । उनको जन्म २०४५ माघ २४ गते कुश्मामा भएको थियो । खड्कालाई बचाउन देश तथा विदेशबाट धेरैले आर्थिक सहयोग समेत संकलन गरेका थिए । स्वर्गीय खड्काको सोमबारै कालीगण्डकी नदीस्थित गोपाङ्घघाटमा दाहसंस्कार गरिएको छ ।

spot_img

भर्खरै