spot_img

जनसम्पर्क समिति अमेरिकाद्वारा जलजलाका अध्यक्ष मल्ललाई भब्य स्वागत तथा सम्मान

पर्वत, असोज २– जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)लाई नेपाली जनसम्पर्क समिति अमेरिकाले भब्य स्वागत तथा सम्मान गरेको छ । एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा अमेरिका गएका मल्ल एटलान्टाबाट मेरील्याण्ड हुँदै न्युयोर्क पुग्दा नेपाली जनसम्पर्क समितिले भब्य सम्मान गरेको हो । समितिका सभापति आनन्द बिष्ट, सचिव मुनेन्द्र तामाङलगायत विभिन्न संघसंस्था र गैरआवासिय नेपालीले स्वागत तथा सम्मान गरेको नेपाली काँग्रेस पर्वतका क्षेत्रीय सदस्य एवम् केही बर्षदेखि अमेरिकामा बस्दै आएका हेमन मल्लले जानकारी दिए । आगामी छ महिनाभित्र अधिवेशन गर्ने तयारी गरेको नेपाली जनसम्पर्क समिति अमेरिकाले मल्ललाई स्वागत गर्दै जलजलामा आफुहरुले गर्नसक्ने कुरामा सहयोग गर्न तयार रहेको बताएका थिए । जलजलाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्लले जनसम्पर्क समितिको अधिवेशन एकताबद्ध र एकढिक्का भएर सम्पन्न गर्न आग्रह गर्दै जलजला गाउँपालिकासहित पर्वतमा जलबिद्युत, पर्यटन, होटल, केवलकारमा राम्रो सम्भावना भएकोले त्यसमा लगानी गर्न आग्रह गरेका थिए । भदौ २२ गते अमेरिका प्रस्थान गरेका मल्ल असोज ८ गते स्वदेश फर्कने भएका छन् ।

spot_img

भर्खरै