पर्वत, भदौ २३–कुश्मा नगरपालिका ४ निवासी आन्द्राको क्यान्सरबाट पीडित मीन बहादुर परियार खड्कलाई नेपाल तरुण दलको अगुवाईमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको छ । करिव एक महिनासम्म शुभेच्छुकहरुबाट उपचारका लागी संकलन भएको रकम २ लाख ६६ हजार हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्व सांसद अर्जुनप्रसाद जोशीले परियारकी धर्मपत्नी हिना परियारलाई सोमवार उक्त रकमको चेक हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गदै नेता जोशीले मीनवहादुर परियारको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टिमा निडर, क्रियाशिल र इमान्दार कार्यकर्ताको रुपमा काम गर्दै आएका मीनबहादुर अहिले विस्तारामा पर्दा आफु सहित सिंगो पार्टि पंक्ति चिन्तित भएको बताए । पार्टिका सबै संगठन, बिदेशमा रहेको संगठन र गैह्र आवासीय नेपाली संघसंस्थाहरुमा पनि रकम सहयोगका लागि आफुले पहल गरिरहेको नेता जोशीले जानकारी दिए ।
पार्टिमा असल सिपाही भएर लाग्नेलाई यस्तै अप्ठ्यारोमा पार्टिले सहयोग गर्ने भन्दै नेता जोशीले खडकाको उपचारमा आर्थिक संकट नपर्ने विश्वास व्यक्त गरे । उनको अहिलेको स्वास्थ्य अवस्था र उपचारको क्रममा भएका विभिन्न पक्षको विषयमा जोशीले परिवार मार्फत जानकारी समेत लिएका थिए । जिल्ला सभापति खिमप्रसाद भुसालले पार्टिमा मीनवहादुर परियारले ठूलो योगदान दिएको बताए । सभापति भुसालले उहाँको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।
उक्त सहयोग हस्तान्त्रणमा नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्यहरु देबिप्रसाद भुसाल, परशूराम पुरी, तरुणदलका सचिव अमृत ठकुरी, नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसी, कुश्मा नगरपालिका ८ का वडाध्यक्ष राजकुमार क्षेत्री वडा नम्बर ४ का अध्यक्ष मिना कर्माचार्य, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेशवहादुर क्षेत्री, महिला संघका सचिव मुना शर्मा लामिछाने, नेपाल प्रेस यूनियनका अध्यक्ष माया अधिकारी, नेबिसंघका नेता शिशिर पौडेलसमेतको उपस्थितीमा परियारलाई नगद हस्तान्तरण गरिएको हो ।
क्यान्सर पीडित मिनबहादुर खड्कालाई दुई लाख ६६ हजार सहयोग हस्तान्तरण


