spot_img

जलजला गाउँपालिकाका अध्यक्ष मल्ल अमेरिका प्रस्थान

पर्वत, भदौ २३–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँगे्रस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा भाग लिन अध्यक्ष मल्ल सोमबार अपरान्ह चार बजेर २५ मिनेटमा त्यसतर्फ प्रस्थान गरेका हुन ।
मल्ललाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य रामबहादुर प्रसाई (जिवन), नेपाल बिद्यार्थी संघका नेता राजिव लामिछानेलगायतले बिदाई गरे ।
तरुण दलका अध्यक्ष बस्नेत र कोषाध्यक्ष गुरुङले मल्लको अमेरिका भ्रमण उद्देश्यअनुसार सफलताको कामना गरेका थिए । एटलान्टामा भदौ २५ देखि २७ गतेसम्म उक्त सम्मेलन रहनेछ । मल्ल त्यसपछि त्यहाँको विकास निर्माणको अवस्था, फोहोर ब्यवस्थापनलगायतका बिषयबस्तुको अवलोकन गर्नेछने ।
मल्ल १७ दिन अमेरिकामा बिताएर असोज ८ गते स्वदेश फर्कनेछन् । यसअघि मल्लले युरोपका दर्जनबढी मुलुक, बेलायतलगायतका मुलुकमा पुगेर त्यहाँको विकास निर्माण, फोहोर ब्यवस्थापनलगायतका बिषयमा जानकारी लिएका थिए । मल्ल स्थानीय विकास मन्त्रालयको निर्णयअनुसार ‘जर्जिया वल्र्ड काँग्रेस सेन्टर’ मा भाग लिन सोमबार त्यसतर्फ गएका हुन । मल्लसँग विभिन्न जिल्लाका समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख र गाउँपालिकाका प्रमुख पनि अमेरिका प्रस्थान गरेका छन् ।

spot_img

भर्खरै