spot_img

विश्व दौडाहामा कुल आचार्य, एनआरएन पोर्चुगलका पदाधिकारीलाई गराए सपथ

पर्वत, भदौ १४–गैरआवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशन आउन झण्डै डेढ महिना बाँकी रहदा उपाध्यक्ष कुल आचार्यको विश्व दौडाहा तिब्र बनेको छ । महाधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनेगरी सक्रिय भएका आचार्यले विश्व दौडाहाअन्र्तगत गैर आवासीय नेपाली संघ पोर्चुगलको निर्वाचन सफल रुपमा सम्पन्न गराएका छन् । पोर्चुगलमा तिलक गैह्रेको नेतृत्वमा नयाँ समिति बनेको छ । अन्र्तराष्ट्रिय समन्वय परिषद सदस्यमा रबिन अधिकारी र नारायणकाजी मगर बिजयी भएका छन् । दुई पदका लागि मात्रै निर्वाचन भएपनि अन्य पदभने सर्बसम्मत रुपमा चयन भएको हो । समितिको महासचिवमा हेमराज सुबेदी, बरिष्ठ उपाध्यक्षमा भीमसेन थापा, कोषाध्यक्षमा विक्रमजङ कुँवर र युवा संयोजकमा दिनेश भण्डारी र महिला उपाध्यक्षमा सीता श्रेष्ठ, सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल निर्बिरोध निर्वाचित भएका हुन । सदस्यहरुमा सुमन शर्मा चम्लागाइँ, राजनप्रसाद ढुङ्गाना, दीपक खत्री, लक्ष्मी परियार, कल्पना कार्की, सम्झना अधिकारी पाण्डे, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, दीपेन्द्र सुवेदी, सवीन धिताल, दिलबहादुर परियार, सन्तोष नेपाली र गणेशदत्त शर्मा रहेका छन् । निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई गैरआवासिय नेपाली संघका उपाध्यक्ष एवम् अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले सपथ गराएका थिए । घोषणा सभामा पूर्वमन्त्री वीरबहादुर बलायर, लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङ, निवर्तमान अध्यक्ष कुबेर कार्की र ईश्वर रिजालले बोलेका थिए । कार्यसमितिलाई सपथ ग्रहण गराउदै बर्तमान उपाध्यक्ष तथा केन्द्रिय अध्यक्षका उम्मेदवार कुल आचार्यले प्रजातान्त्रिक ढंगले चुनिएर आएको सशक्त टिमले गैर आवासीय नेपाली संघलाई संस्थागत र समावेशी बनाउन मद्दत गर्ने बिश्वास व्यक्त गरे । हाल बिश्व दौडाहामा रहेका आचार्य गैर आवासीय नेपाली संघलाई धन हुनेको मात्र हैन मन, ज्ञान र बुद्धि हुनेको संस्था बनाउन आगामी कार्यकालमा आफ्नो नेतृत्व महत्वपूर्ण भएको बताए । घोषणा सभाको अध्यक्षता अशोक घिमिरे र सञ्चालन राजकुमार थापाले गरेका थिए ।

spot_img

भर्खरै